चापाकोटका तीन ओटा वडामा पुनः निर्वाचनको मागसहित प्रर्दशन
मङ्सिर ४ गते भएको निर्वाचनमा चापाकोट नगरपालिकाका तीन ओटा मतदान केन्द्रहरूको बुथ कब्जा गरी अधिकतम मत खसालेको भन्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका अन्य दल तथा स्वतन्त्र उम्मेदवारले पुनः मतदानको माग गरेका छन् ।
निर्वाचन अधिकृत र सुरक्षा निकाय मुकदर्शक भएर बसेको आरोप लागाउँदै निर्वाचन अधिकृतको राजिनामासहित पुनः निर्वाचनको माग राखी रिट निवेदन पेश गरेको नेकपा एमाले सचिव राजेन्द्र डुम्रेले बताउनु भयो ।
एमालेलगायत राजनीतिक दलहरूले ‘जनताको स्वतन्त्र मताधिकार सुनिश्चित गर’ लगायतका नारा लगाएर प्रर्दशन गरेका हुन् ।
दुई ओटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा मतदाता सङ्ख्या २ लाख ४४ हजार ९९ रहेकामा १ लाख ४१ हजार २ सय ५ जना मतदाताले मतदान गरेका छन् । प्रतिशतका हिसाबले कुल मतदानको ५८.८४ प्रतिशत मात्र मत खसेको छ ।
तर, चापाकोट नगरपालिकाका तीन ओटा वडामा भने करिब ९८ प्रतिशत मत खसेको छ । जहाँ नेपाली कांग्रेसले बुथ कब्जा गरेको आरोप नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतले आरोप लगाएका हुन् ।
चापाकोटको दिसिङकोट, राम मन्दिर, दिन दयालु र जनसक्रिय केन्द्रहरूमा एकलौटी बुथ कब्जा गरी लोकतन्त्रको उपहास गरेको भन्दै पुनः मतदानको माग गर्दै पत्रकार सम्मेलन गरिएको छ ।
सम्मेलनमा प्रतिनिधिसभा उम्मेदवार पद्मा अर्याल, प्रदेशसभा उम्मेदवार बुद्धिमान श्रेष्ठ, राष्टिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा उम्मेदवार लगायत अन्य पार्टीका उम्मेदवारले यस घटनाले लोकतन्त्रको धज्जी उठाएको भन्दै पुनः मतदानको माग गरेका हुन् ।
राधाकृष्ण शर्मा
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…