सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेकाे आराेपमा उजुरी
५० वर्षीया महिलाले धनुषाधाम नगरपालिका-९ की ४२ वर्षीय जोगी महतो र उनको २२ वर्षीया छोरी ज्योति महतोविरुद्ध ०८१ असार ४ गते जिल्ला प्रहरी कार्यालय अन्तरगत महिला बालिबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भएको छ ।
“आरोपितले मोबाइलले फोटो खिचेर अश्लील गीतमा राखी सामाजिक सञ्जालमा अपलोड गरेको” पीडितले बताउनु भयो । आरोपितले यसअघि पनि यस्तै कार्य गरेको र ०८० पुस ११ गते स्थानीय प्रहरी चौकी नौसयबिघामा चरित्र हत्या हुने गतिविधि नगर्ने भनि मिलापत्र भएको पीडितले दिएको उजुरीमा उल्लेख छ ।
यस विषयमा दुवै पक्षलाई बोलाई सत्य तथ्य बुझी र घटना बारे थप अनुसन्धान गरी दोषी ठहर भए आरोपितहरूविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने महिला बालिबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी जवान सिमृत चौधरीले जानकारी दिनु भयो ।
सन्तोषकुमार यादव
सम्बन्धित समाचारहरू
जलविद्युत आयोजनाको सामग्री बोक्ने ठुलागाडीले गर्दा सर्वसाधारणको स्वास्थ्य समस्या
हिमाली जिल्ला म्याग्दीको रघुगङ्गा गाउँपालिका भित्र निर्माणधिन आठ ओटा जलविद्युत आयोजनाका कारण गाउँपालिकाका चार ओटा वडाका सर्वसाधारणमा स्वास्थ्य समस्या थपिएको छ । बिहानैदेखि गाडी कुद्न थाल्दासाथ धुलोले गाउँघरनै पुरै छोप्ने…
हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाडाँकी ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति वीरबहादुर चौहानलाई असोज २८ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ असोज…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारुलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २६ गते बलात्कार गरेको…
रिम्नागाउँमा खानेपानीको समस्या
भेरी नगरपालिका–१, रिम्नामा खानेपानीको समस्या भएको छ । जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि रिम्नागाउँमा खानेपानीको समस्या भएको हो । रिम्नाका करिव ३ सय ५०…
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…