चन्दा माग गर्दै मार्ने धम्की दिएको आरोपमा दुई जना गिरफ्तार
नेपाल कम्युनिस्ट पार्टी बहुमतको सदस्य भन्दै धम्की दिएर चन्दा सङ्कलन गरेको आरोपमा प्रहरीले सल्यान जिल्ला त्रिवेणी गाउँपालिका –५, फालाबाङका २८ वर्षी धनराज परियार (तुफान) र छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका २७ वर्षीय चन्द्रप्रकाश विकलाई साउन २५ गते गिरफ्तार गरेको छ ।
आरोपित धनराज परियार नेकपा एमाले त्रिवेणी गाउँपालिकाका सचिव तथा पत्रकार महासंघ सल्यानका साधारण सदस्यसमेत रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी पुष्पराज मल्लले दिको जानकारी अनुसार तुलसीपुरको हिमाल एकेडेमीका प्रधानाध्यापक ४३ वर्षीय मधुसुदन केसीसँग १० लाख रूपियाँ, , सल्यान जिल्ला कालिका माविका शिक्षक बामदेव अधिकारीसँग ५ लाख रूपियाँ , तुलसीपुर–७ पर्सेनीका इन्द्रबहादुर वलीसँग १ लाख रूपियाँ, तुलसीपुर –१८ बेलझुण्डीका जानका बस्नेतसँग १ लाख रूपियाँ चन्दा मागेको आरोपमा गिरफ्तार गरिएको हो ।
आरोपितद्वयले माग बमोजिमको चन्दा नदिए घरमा बम विस्फोट गराउने, हातखुट्टा भाँच्ने र मार्ने जस्ता धम्की दिएर पत्राचार र मोवाइल सन्देश पठाएको गोप्य उजुरीका आधारमा गिरफ्तार गरेको डिएपी मल्लले बताउनु भयो ।
आरोपितहरूको कोठाबाट एक थान कम्प्युटर, एक थान प्रिन्टर, एक थान मोबाइल, केही थान चेक, एक सय ५३ वटा नेकपा बहुमत लेखिएका लेटरप्याड र छाप बरामद गरिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएपी मल्लले बताउनु भयो ।
आरोपितहरुले चिठी दिएपछि पनि पटक–पटक फोन गरेर धम्की दिने गरेको तनाब दिने गरेको प्रहरीले जनायो । आरोपितहरूलाई इलाका प्रहरी कायार्यालय, तुलसीपुरको हिरासतमा राखिएको छ ।
शालिकराम डाँगी
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…