चक्कु प्रहार गरी एक जना वृद्ध महिलाको हत्या

मालिकार्जुन गाउँपालिका–७ टोपालिका ८० वर्षीया भागरथी चन्दको घाँटी र छाँतीमा चक्कु प्रहार गरी हत्या गरिएको छ ।

एकल महिला समेत रहनु भएकी चन्दको घाँटी र छाँतीमा चक्कु प्रहार गरी हत्या गरेको अवस्थामा घर भन्दा झण्डै १ सय मिटर टाँढा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले बताउनु भयो ।

वृद्ध महिला भदौ ९ गतेदेखि फेला नपरेको भन्दै आफन्तले भदौ १० गते प्रहरी चौकीमा निवेदन समेत दिनु भएको थियो । मृतकका छोरा चक्रबहादुर चन्द भदौ १० गते महेन्द्रनगरबाट घर पुगेपछि जनप्रतिनिधि र प्रहरीले घरको ताला तोडेर घर भित्र प्रवेश गर्दा वृद्ध महिला नभेटिएपछि खोजी गर्दै जाँदा भदौ ११ गते बिहान ६ः३० बजे मृत अवस्थामा भेटिनु भएको हो ।

शवको पोष्टमार्टम भदौ ११ गते जिल्ला अस्पताल, दार्चुलमा गरी आफन्तको जिम्मा लगाइएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर सिंहले बताउनु भयो । घटनामा संलग्न भएको आरोपमा हालसम्म कसैलाई पनि गिरफ्तार गरिएको छैन् ।


नरेन्द्रसिह कार्की