चंखेली गाउँपालिकामा स्थगित भएको मतदान पुन : सम्पन्न
चंखेली गाउँपालिका–२ को माहादेव मावि केन्द्रमा वैशाख ४ गते पुन : मतदान सम्पन्न भएको छ । गत वैशाख ३० गते स्थगित भएको सो मतदान वैशाख ४ गते बिहान ७ बजेबाट सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, हुम्लाका मुख्य निर्वाचन अधिकृत जगत बहादुर पौडेलले जानकारी दिनु भएको हो ।
वैशाख ३० गते स्वतन्त्र र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा उक्त मतदान कार्य प्रभावित भएको थियो । उक्त झडपपछि आधाभन्दा बढी मतदाता निर्वाचनमा सहभागि हुन नपाएको भन्दै माओवादी र काँग्रेस गठबन्धनका तर्फबाट हुम्लाका सांसद झक्कबहादुर लामासमेतका व्यक्तिले वैशाख ३० गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुन मतदानको मागगर्दै उजुरी दिएका थिए ।
बिहान ७ बजेदेखि सुरु भएको पुन ः मतदानमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको र शान्त तरिकाले मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनु भएको छ ।
उक्त मतदान केन्द्रमा ९ सय ३ मतदाता रहेकोमा दिउँसो ११ बजेर ४० मिनेट जाँदासम्म २ सय ८८ मत खसेको भए पनि त्यस यता टोलिफोन सम्पर्क हुन नसकेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिनु भएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बुढीगंगा नगरपालिकामा निर्वाचन सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो !
गत वैशाख ३० गते स्थगित गरिएको बुढिगंगा नगरपालिको निर्वाचन कडा सुरक्षाकाबिच असार २३ गते सम्पन्न भएको छ । विहान ७ बजेदेखिे नगरपालिकाका १० ओटा वडामा सुरु भएकोे मतदान कार्य निर्धारित…
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)
असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले…