घोराही नगरपालिकाद्वारा १८ बालश्रमिक घरैमा पुनःस्थापित
घोराही नगरपालिकाले विभिन्न होटेल, वर्कशप, ग्रिल उद्योग, साइकल स्टोर र खोलामा गिट्टी कुट्ने काममा लागेको १८ जना बालश्रमिकलाई कार्यस्थलबाट उद्धार गरी परिवारमा पुनःस्थापित गरेको छ ।
मङ्सिर २० गते कार्यालयमै एक कार्यक्रम गरी घोराही नगरपालिकाका कार्यकारी अधिकृत तुफानसिंह केसीले अभिभावकलाई बोलाएर उनका बालबालिका र जनही १५ हजार रुपियाँका दरले आर्थिक सहयोग हस्तान्तरण गरे ।
गरिबीको कारण देखाउँदै बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन थालेपछि नगरपालिकाले बालवालिकालाई विद्यालय पठाएर अभिभावकले घरमै आयआर्जन गर्न १५ हजार रुपियाँ सहयोग दिएको नगरपालिकाका सामाजिक विकास अधिकृत सुबोध रेग्मीले बताए ।
पुनःस्थापित हुनेहरू सबै घोराहीकै छन् । नगरपालिकाका अनुसार बन्दना नेपाली, रोशनी नेपाली, दिपेश नेपाली, रविन नेपाली, विकास नेपाली, अञ्जली नेपाली, करण यादव, शिवा विक, भिम नेपाली, पुष्पा चौधरी, पुजा वादी, सुदीप नेपाली, सपना चौधरी, प्रकाश घर्ती, सोनीया नेपाली, उर्मिला विक, सुमन नेपाली र सुनुपुरका अजय पुनलाई कार्यस्थलबाट उद्धार गरी परिवारमा पुनःस्थापित गरिएको हो । यसअघि नगरपालिकाले ३५ जना बालबालिकालाई परिवारमा पुनःस्थापीत गरिसकेको छ ।
जेएन सागर
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…