घुस लिएको भन्दै समाचार छापेपछि पत्रकारलाई धम्की
गोरखा जिल्ला घर भइ हाल व्यास नपा-१ बस्ने ४० वर्षीय पत्रकार एसबी नेपालीलाई जिल्ला प्रशासन कार्यालय विरुद्धको समाचार लेखेको आरोपमा तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले कारबाही गर्ने धम्की दिएको घटनाप्रति तनहुँका पत्रकारहरूले आपत्ति जनाएका छन् ।
पत्रकारका विभिन्न सङ्घसंगठनले भदौ ५ गते संयुक्त प्रेस विज्ञप्ति प्रकाशन गरी पत्रकार नेपालीलाई कारबाही गर्ने सहायक प्रजिअको धम्कीको निन्दा गरेका छन् ।
दमौलीबाट प्रकाशन हुने लोकवाणी दैनिकमा भदौ २ गते प्रकाशित 'राहदानी नम्बर खोज्न दुई हजार घुस' शीर्षकको समाचार प्रकाशित भएपछि सहायक प्रजिअ पौडेलले प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्ने ९८५६०६७७७७ नम्बरको मोवाईलबाट भदौ ३ गते लोकवाणी दैनिकका सम्पादकलाई फोन गरी उक्त पत्रिकाका सम्वाददाता नेपालीलाई कारबाही गर्ने धम्की दिएको पीडितले बताए ।
आफ्नो कार्यालयका कर्मचारीले घुस लिएको समाचार पत्रिकामा प्रकाशित भएपछि उक्त घुसको बारेमा आन्तरिक छानबिन गरी घुस खाने कर्मचारीलाई कारबाही गर्नु पर्नेमा सहायक प्रजिअ पौडेलले पत्रकारलाई कारबाही गर्ने धम्की दिएको भन्दै नेपाल प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपाल र नेपाल प्रेस सोसाईटीले संयुक्त विज्ञप्ति निकालेर सहायक प्रजिअको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै उनलाई माफी माग्न र पत्रकारको सुरक्षाप्रति गम्भीर बन्न अपिल गरेका छन् ।
विज्ञप्तिमा पत्रकारलाई निर्वाध रूपमा समाचार सङ्कलन र लेख्न पाउने अधिकारको सम्मान गर्न अनुरोध गरिएको छ ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
द्वन्द्ध पीडितलाई न्यायको अनुभूति हुनेगरी बिधेयक संशोधन गर्न एलाइन्सको माग
मानवअधिकार एलाइन्स, राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालले पीडितहरूलाई न्यायको अनुभूति हुनेगरी बिधेयक संशोधनको माग गरेको छ । एलाइन्सका अध्यक्ष मीनबहादुर शाहीले चैत ६ गते विज्ञप्ती जारी गरी नेपाल…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…