घिरिङका कुमालको दैनिकी–‘खाए मकै नखाए भोकै !’
नेपालको संविधानको धारा ३६ मा खाद्य अधिकारलाई मौलिक हकको रूपमा समेटिएको छ । संविधानको सो धारामा प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक हुने भन्ने व्यवस्था छ ।
त्यस्तै खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पनि असोज २ गते प्रमाणीकरण भइसकेको अवस्था छ । नियमावलीले खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुत्ताको सुरक्षातर्फ जोड दिएको छ ।
जिल्ला स्थित घिरिङ गाउँपालिका–१ का कुमाल समुदायका बासिन्दा भने सधैँ एकै प्रकारको खानाले साँझ बिहान टार्नुपर्ने अवस्थामा रहेका छन् ।
स्थानीय राममाया कुमाल सिञ्चाई सुविधा नहुँदा मकै मात्रै उत्पादन हुने र व्यापारिक केन्द्रका रूपमा रहेको भिमाद बजार पुग्न तीनघण्टा लाग्ने भएर विक्री गर्न नसकिएको बताउँछिन् ।
ढुवानी खर्च जोड्दा महङ्गो पर्ने भएकाले आफूहरूले उत्पादन गरेको मकै विक्री गरेर अन्य खाद्य पदार्थ किन्न नसकेको कुमालको गुनासो छ ।
मकै बाहेक खाद्यान्नको विकल्प नभएको कुमालको भनाई अनुसार–‘खाए मकै नखाए भोकै’ को अवस्था घिरिङ स्थित कुमाल बस्तीमा देखिन्छ ।
कालीगण्डकीमा पानी भएपनि सिञ्चाई सुविधा नहुँदा नदीको तटमा रहेको उर्वर भूमि गड्यौलीटार नजिकै बसोबास गर्ने कुमाल समुदाय नदीमा बगिरहेको पानी हेर्दै मकैको आँटो र रोटीमात्रै खाने बताउँछन् । टारमा सिञ्चाईको व्यवस्था नहुँदा टार बाँझो नै रहेको छ ।
खेतीयोग्य भूमिमा सिञ्चाईको व्यवस्था नहुँदा स्थानीय बासिन्दा अहिले पनि मुख्य खाद्यान्न बाली मकैमा निर्भर रहनुपरेको स्थानीय चन्द्रबहादुर कुमालले बताए । बारीमा अन्य अन्नबाली नफल्ने भएको कारण मकैको मात्रै भर पर्नु परेको चन्द्रबहादुरको भनाई छ ।
सिञ्चाइ अभावमा आकाशे वर्षाको भरमा खेती गर्दै आएको हुँदा मकै नै छाक टार्ने मुख्य सहारा बनेको र ‘खाए मकै, नखाए भोकै’ भन्ने परेको अर्का स्थानीय भिमबहादुर कुमालले बताए । कुमालका अनुसार गाउँमा मानिसलाई मात्र नभई गाईवस्तुलाई समेत मकैकै कुँडो पकाएर दिने गरिन्छ ।
घिरिङ गाउँपालिका–१ को खुङलिङटार, जगौलीटार तथा वडा नं ४ को गड्यौलीटार र नयाँटारमा करिव ५ सय ५० घर कुमाल परिवारका साथै आसपासका करुवाटार, पिपलटार, रुपटार र पट्टाटारका अधिकांश बासिन्दाको खाद्यान्नको मुख्य आधार पनि मकै नै हो ।
गाउँपालिकामा उत्पादनका हिसाबले अन्न भण्डारका रूपमा रहेका अधिकांश फाँटमा सिञ्चाइको व्यवस्था गर्न सके खाद्यान्न र तरकारीमा गाउँपालिका नै आत्मनिर्भर हुने स्थानीयको भनाई छ ।
इन्सेक आबद्ध मानव अधिकार निगरानी समूह, तनहुँका संयोजक रामलिला सुवर्णकार सबै पोषणयुक्त तथा आवश्यकता अनुसारका खाद्यान्नमा सबै नागरिकको पहुँच हुनुपर्ने र स्थानीय उत्पादन विक्री गर्ने व्यवस्था मिलाउनु स्थानीय सरकारको दायित्व भएको बताउँछन् ।
घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले खेतीयोग्य फाँटमा सिञ्चाइको व्यवस्था गर्न सके कृषिबाट नै सम्पन्न बनाउन सकिने हुँदा त्यसको लागि पहल भईरहेको बताए ।
प्रदेश सरकारसँग समन्वय गरि खेतीयोग्य फाँटहरूमा सिञ्चाई सुविधा पु¥याउने प्रतिबद्धता अध्यक्ष रानाले गरे ।
कालीगण्डकी नदीको पानी लिफ्टिङ प्रविधिमार्फत् फाँटमा सिञ्चाइ गर्न सक्ने हो भने स्थानीय कृषकको आर्थिक उन्नतिका साथै सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान सार्थक हुने अध्यक्ष रानाको भनाई छ ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–८, बस्ने २८ वर्षीय वीरबहादुर केसीलाई गिरफ्तार गरेको छ । पीडित बालकलाई ०८१ माघ ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीय युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गैँडाकोट नगरपालिका–२ का २९ वर्षीय आशिष गुरुङलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको ०८१ माघ ९ गतेको…