घर फर्कन सकेका छैनन् लिदि पहिरोबाट विस्थापित भएका सात घर परिवार
जुगल गाउँपालिका-२ स्थित लिदि पहिरोबाट विस्थापित भएका सात घर परिवार हालसम्म घर फर्कन सकेका छैनन् । लिदिमा ०७७ साउन ३० गते बिहान गाउँभन्दा माथिबाट आएको पहिरोले ३५ घर पुरेको थियो । पहिरोमा परी २० महिला सहित ३९ जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए ।
पहिरोपछि लिदिका १ सय ८० घर जोखिममा परेको थियो । जोखिममा परेका सबै घरका परिवारहरू जुलग गाउँपालिका-१ स्थित सेलाङको बासखर्कमा विस्थापित भएर बस्दै आएका थिए । बासखर्कमा पनि पालमुनि सधैँभरी बस्न नसकेपछि १ सय ७ घर परिवार भने जोखिमयुक्त बस्ती लिदिमै फर्केका थिए । सेलाङको बासखर्कमा पाल टाँगेर बस्दै आएका ७३ घर परिवारहरू मध्य सात घर परिवार ०७७ असोज महिनामा काठमाडौँ गएकोमा उनीहरू हालसम्म घर फर्केका छैनन् ।
घर, जग्गा, बस्तुभाउ मात्र होइन परिवारका आफन्त समेत पहिरोमा परेर मृत्य भएपछि दिदिका सात घर परिवार गाउँ फर्कन नसकेको स्थानीय डोल्मा दोङले बताउनु भयो । पहिरोपछि सेलाङको बासखकमा विस्थापित भएकाहरू मध्य १ सय २० घर परिवार ०७९ असोजमा पुनः गाउँ फर्केका हुन् । गाउँ फर्केका १ सय २५ जना बालबालिकाहरू मध्ये अहिले ८० जना बालबालिकाहरू लिदिस्थित श्री सातकन्या आधारभूत विद्यालयमा पढ्दै छन् भने बाँकी ४५ जना बालबालिकाहरू विद्यलयको पढाइ छाडेर चौरी गोठ र भेडीगोठमा काम गर्ने गरेको स्थानीय शिक्षक सुनलाल दोङले बताउनु भयो ।
लिदिको पहिरोबाट विस्थापित भएकाहरू सबैलाई गाउँमा पुनस्थापित गराउन पहल भइरहेको जुगल गाउँपालिका-२ का वडा अध्यक्ष चन्द्रकाजी लामाले इन्सेकलाई जानकारी दिनुभयो ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…