घर टहरामा डोजर लगाएर हटाउन लागेको घटनाको मानवअधिकारकर्मीद्वारा अनुगमन
जनकपुरको विश्वकर्माचोकस्थित कालीमाता मन्दिरको वरिपरि रहेको ८ कठ्ठा ३ धुर जग्गामा बनाइएको घर टहरामा डोजर लगाएर हटाउने लागेको घटनाको मानवअधिकारकर्मीहरुले माघ १८ गते अनुगमन गरेका छन् ।
गुठिको जग्गामा २० वर्षदेखि घर बनाएर बसोवास गर्दै आएका स्थानिय २० घरमा जनकपुरधाम उमनपा–१३ कुँवारामपुर बस्ने जग्गा व्यवसायी रामदुलार साहले सो जग्गामा आफ्नो मोहियानी रहेको भन्दै माघ १८ गते दिउँसो १२ बजे वस्तीमा डोजर लगाएर घर टहरा भत्काउन अदालतका कर्मचारी र प्रहरीसहित आएपछि राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत मनमाया रानामगर, इन्सेक प्रदेश २ का संयोजक राजु पासवान, इन्सेक धनुषा प्रतिनिधी दिपेन्द्रप्रसाद सिंह लगायतले वस्तीमा पुगेर घटनाबारे जानकारी लिएका छन् ।
तराई मधेसमा शितलहरको बेलामा वस्तीमा डोजर चलाएर घर टहरा भत्काउँदा २० घरपरिवारका करिव २ सय सदस्य प्रभावित हुने भएकाले स्थानिय वासिन्दाहरुले जिल्ला अदालतको निर्णयविरुद्ध सर्वोच्चमा पुनरावेदन गरि सकेका छन् । यो अवस्थामा सर्वोच्च अदालतको निर्णय नआउञ्जेल वस्तीमा डोजर नचलाउन मानवअधिकारकर्मीहरुले जनकपुरधाम उमनपा–४ का वडा अध्यक्ष सुदर्शन सिंह र वडा सदस्य पंकज कुमार मण्डललगायत स्थानिय वासिन्दासँग छलफल गरेका छन् ।
वडा अध्यक्ष सुदर्शन सिंहले यस वस्तीमा सर्वोच्च अदालतको निर्णय नआउञ्जेलसम्म डोजर लगाउन नदिने प्रतिबद्धता समेत जनाउनु भएको छ । उहाँले यस जग्गामा वर्षौदेखि वस्ती रहेको तर केही दिन अगाडी मात्रै रामदुलार साहको नाममा मोहियानी कसरी भएको भन्दै यसबारे अनुसन्धान हुनुपर्ने कुरा वस्तीमा पुगेका मानवअधिकारकर्मीको टोलीसँग गर्नु भएको छ ।
जनकपुरधाम उमनपा–४ स्थित गुठीको आठ कठ्ठा जग्गामा आफ्नो मोहियानी रहेको भन्दै जनकपुरधाम उपनपा–१२ बस्ने रामदुलार साहले ०७१ सालमा जिल्ला अदालत धनुषामा स्थानिय जोगेन्द्र लाल कर्ण भनिने योगेन्द्र दासलाई विपक्षी बनाएर मुद्दा दायर गर्नु भएको थियो । जिल्ला अदालत धनुषाले ०७६ भदौ २२ गते सो जग्गामा बनाइएको घर टहरा हटाउन भन्दै जोगेन्द्र लाल कर्ण भनिने योगेन्द्र दासको नाममा अदालतले फैसला गरेको थियो ।
जिल्ला अदालत धनुषाले रामदुलार साहको पक्षमा फैसला गरेपछि योगेन्द्र दास लगायत सात जनाले ‘०७६ मङ्सिर ८ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि ०७६ माघ ५ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ’–स्थानिय रामकुमारी महतोले बताउनु भयो । हामीले आर्थिक समस्याका कारणले गर्दा सबै जनाले मुद्दा गर्न नसकेको बताउँदै ५५ वर्षीया उमादेवी ठाकुरले भन्नु भयो–‘हामीले जसोतसो वर्षौदेखि घर बनाएर बसोवास गर्दै आएका छौँ तर अहिले रामदुलार साहले यो वस्ती आफ्नो नाममा मोहियानी रहेको भन्दै घर खाली गराउन माघ २ गते काली मन्दिरमा अदालतको सूचना टाँसेर गएको र माघ १८ गते चार ओटा डोजरसहित सयौँ युवालाई लिएर घर भत्काउन आएको बताउनु भयोे ।
गुठिको जग्गा मोहियानी कसरी भयो ? मन्दिरको पुजारी ८२ वर्षीय कर्णको भनाई
२५ वर्षपहिले खाली जग्गाको बिचमा कालीमन्दिरको स्थापना गरेर पुजारी भएका ८२ वर्र्षीय जोगेन्द्रलाल कर्ण भनिने योगेन्द्र दासका अनुसार २० वर्ष पहिले गुठि संस्थान कार्यालय जनकपुर कार्यालयमा कार्यालय सहयोगी (पियन) रहेको राजेन्द्र ठाकुरले आफुलाई यस खाली जग्गामा बस्न लगाएको बताउनु भएको छ । उहाँले भन्नु भयो–‘हामीर्ले उहाँलाई केही रकम पनि तिरेका थियौँ, पछि जिल्ला अदालत धनुषाका कर्मचारी रहेको धिरेन्द्रबहादुर दाहालले यस जग्गामा जिल्ला मालपोत कार्यालय धनुषामाफर्त आफ्नो नाममा मोहियानी कायम गराएको ८२ वर्षीय कालीमन्दिरका पुजारी कर्णले बताउनु भयो ।
गुठि संस्थानका कार्यालय सहयोगी राजेन्द्र ठाकुरले बसाएको वस्तीको जग्गामा अदालतका कर्मचारी धिरेन्द्रबहादुर दाहालले आफ्नो नाममा गोप्य तरिकाबाट मोहियानी कायम गराएपछि रिसाएका राजेन्द्र ठाकुरले दाहालविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको पुजारी कर्णले बताउनु भयो । पछि अदालतका कर्मचारी दाहालले ठाकुरसँग आर्थिक लेनदेन गरि मिलापत्र गराएको थियो । धिरेन्द्र बहादुर दाहालसँग जनकपुरधाम उपनपा–१२ बस्ने जग्गाको कारोवार गर्ने रामदुलार साहले खरिद गरेको बताउनु भयो ।
स्थानिय जग्गा ठेकेदार साहले खरिद गरेपछि ०७१ सालमा वस्तीमा आएर यो वस्ती आफ्नो नाममा मोहियानी रहेको भन्दै वस्ती खाली गर्न स्थानिय २० घरपरिवारलाई ठाडो उर्दी जारी गरेपछि आफुहरुले प्रतिवाद गर्दा जिल्ला अदालतमा आफुविरुद्ध मुद्दा दायर गरेको कालीमन्दिरको पुजारी कर्णले बताउनु भएको छ । जिल्ला अदालतले ०७५ भदौ २२ गते वस्ती हटाउन आदेश जारी गरेकाले साह वस्तीमा आएर पटक पटक आफुहरुलाई वस्ती खाली गर्न दवाव दिँदै आएको बताउनु भयो । उहाँका अनुसार यो वस्तीमा हामी गरिब, विपन्नहरुको घर टहरा रहेकाले यसमा पहल गरि दिनको लागि मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मीलगायत सम्पूर्ण जनमानसमा अपिल समेत गर्नु भएको छ ।
दिपेन्द्रप्रसाद सिंह
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…