घरेलु हिंसा पीडित महिला न्याय खोज्दै इन्सेकमा

  ०७८ साउन १५ गते

दार्मा गाउँपालिका–३ निवासी ६० वर्षीया तुलसी रानालाइ पति ६६ वर्षीय खलबहादुर रानाले कुटपिट गरि घर निकाला गरेपछि साउन १३ गते न्याय प्रक्रियामा सहयोग गरिदिन इन्सेकमा निवेदन दिनु भएको छ ।

जेठो छोरासँग बस्दै आएकी रानालाई पतिले त्यहीं आएर मार्ने धम्की सहित मानसिक रूपमा तनाव दिएपछि ०७८ जेठ १ गतेदेखी  माइतीमा बस्दै आएको उहाँले बताउनुभयो ।

‘पटक पटकको यातना पछि बाध्य भएर तीन महिनादेखी माइतीमा बस्दै आएकी छु’ इन्सेक प्रतिनिधिसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘पतिले छोरासँग पनि बस्न दिनु हुँदैन, बरू अंश दिलाइ दिनु पर्‍यो ।’

घटनाका विषयमा इन्सेक प्रतिनिधिले जिल्ला प्रहरी कार्यालय सल्यानमा जानकारी गराएपछि डीएसपी गोविन्द थापाले दुबैपक्षलाइ बोलाएर छलफल गराउने बताउनुभयो ।

घटना तीन महिनाअघि भएका कारण अहिले स्वास्थ्यमा चोटपटक नभएको र पहिले स्थानीय मेडिकलमा सामान्य उपचार गरेको पीडित महिलाको भनाइ छ ।

20210730 Salyan


मिना बुढाथोकी