घरेलु हिंसा पीडित महिलाद्वारा न्याय नपाएको गुनासो
सोलुदुधकुण्ड नगरपालिका – ११ तिङ्लाकी २८ वर्षीया सानुमाया राईले न्याय नपाएको गुनासो गर्नु भएको छ ।
नेपाली सेनामा कार्यरत ३४ वर्षीय पतिको ०७५ असोज २६ गते मृत्यु भएपछि सुुसुराबाट घर निकाला हुनु भएकी सानुमायाले न्याय नपाएको गुनासो गर्नु भएको हो ।
पतिको मृत्यु भएपछि ८० वर्षीया सुसुरा रुङ्थे राईले असोज २६ गते दश वर्षीय नाति निरोज र ६ वर्षीया नातिनी निर्जला र चार वर्षीया नातिनी सिर्जनालाई आफूसँगै राखी घरबाट निकाला गरीदिएको पीडितले बताउनुभयो ।
उहाँले न्यायका लागि असोज २६ गते आरोपित विरूद्ध जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा उजुरी दिएपछि प्रहरीले दुवै पक्षलाई राखी माघ २७ गते मिलापत्र गरी घर पठाएको थियो ।
मिलापत्र गरेर घर फर्किए लगत्तै सुुसुराले घरबाट पुन निकाला गरीदिएपछि आफूले न्याय नपाएको पीडित सानुमायाले बताउनुभयो ।
उहाँले सुसुराले आफूलाई छोराछोरी समेत नदिई सँगै राखेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले दुवै पक्षबीच छलफल गराई मिलापत्र गराएर घर पठाएको भएपनि आरोपितले पहिलेकै व्यवहार गर्दा पीडितले दुख पाएको बताउनुभयो । उहाँले आरोपित विरूद्ध घरेलु हिंसा कसुरमा कारबाही अघि बढाउने बताउनुभयो ।
यसैबीच पीडितले न्यायका लागि पहल गरीदिन इन्सेक प्रतिनिधिसँग आग्रह गर्नुभएको छ । इन्सेक प्रतिनिधिले आरोपित विरूद्ध सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
पति नेपाली सेनामा कार्यरत रहँदा जण्डिसका कारण मृत्यु भएको थियो । पतिकोे मृत्यु पश्चात नेपाली सेनाबाट प्राप्त गर्ने सेवा सुविधाको लागि समेत छोराछोरी सहित हेडक्वाटरमा जानुपर्ने भएपनि छोराछोरी नदिएपछि सेवासुविधाबाट वञ्चित हुनुपरेको साुनमायाले गुनासो गर्नुभयो ।
के छ कानुनी व्यवस्था
मुलुकी देवानी संहिता २०७४ को भाग ३ को परिच्छेद ४ को दफा ११५ को उपदफा १ (क) मा पाँच वर्ष उमेर पुरा नभएको नाबालक भए आमाले अर्को विवाह गरेको भए वा नभएपनि निजले चाहेमा आमाको जिम्मा, सोही उपदफाको (ख) मा पाँच वर्ष भन्दा माथिको नाबालक भए आमाले अर्को विवाह गरेको बाहेक निजले चाहेमा निजको जिम्मा रहने व्यवस्था उल्लेख छ । उपदफा १ ले सानुमायाको मागलाई सम्वोधन गरेपनि उहाँले न्याय पाउनु भएको छैन ।
सोही दफाको उपदफा ४ मा कुनै नाबालक यस दफा अन्तर्गत आमा वा बाबु मध्ये कुनैको जिम्मा रहेकोमा त्यसरी जिम्मा लिने बाबु वा आमाको मृत्यु भएमा जीवित रहेको आमा वा बाबुले अविलम्ब त्यस्तो नाबालक आफ्नो जिम्मामा लिनुपर्ने छ भन्ने उल्लेख छ ।
भोजराज कार्की
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…
मानव अधिकारकर्मीद्वारा गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण
मानव अधिकारकर्मीहरुको समूहले २०८० असोज ५ गते गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशलाई द्वन्द्ध पीडितहरुको शिक्षा तथा उपचारको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । इन्सेक,…