घरेलु हिंसा पीडित महिलाद्वारा सुरक्षित आवास गृहमै आत्महत्या
घरेलु हिंसाबाट पीडित एक महिलाले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल कालिकोटको सुरक्षित आवास गृहमै असोज ७ गते विहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्जुन केसीले जानकारी दिनुभयो।
सान्नीत्रिवेणी गाउँपालिका–१ माइतिघर भइ दैलेख जिल्ला भगवतिमाइ गाउँपालिका–५ कट्टी निवासी दानबहादुर शाहीकी पत्नी जैशि ०७९ भदौ १२ गतेदेखि पति शाहीले घर निकाला गरेपछि आफ्न्तको आश्रयमा बस्दै आएकी र केहिदिन देखि सोसेकको सुरक्षित आवासगृहमा बस्दै आउनु भएको थियो ।
हाल खाँडाचक्रमा व्यापार गर्दै अएका आरोपित शाहीले ०७९ भदौ १२ गते साँझ लठ्ठीले कुटपिट गर्दा संवेदनशिल अङ्गमा गम्भीर चोट लागेको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भएको थियो ।
घरमा अर्की पत्नी हुँदाहुँदै २०७५ सालमा जैसीलाई दोस्रो विवाह गरेका शाहीले कथित बोक्सी लगायतका आरोपमा पटक पटक कुटपिट तथा मानसिक र शारीरिक यातना दिने गरेपछि पीडितले एक नाबालक छोरासहित विस्थापित हुनु परेको बताउनु भएको थियो ।
विस्थापित अवस्थामा रहेकी पीडित महिलाले भदौ ९ गते आफ्ना पति शाहीले सामाजिक सञ्जाल म्यासेन्जर मार्फत, कथित बोक्सी आरोप लगाउदै छोरा समेत मारिदिन भनेपछि डेराबाट राति भागेर नेपालगन्ज पुग्नु भएको थियो । पीडितलाई नेपालगञ्जमा खाेजी गरी पत्ता लगाएर प्रहरीले कालिकोट पठाएपछि (सोसेक) को आश्रयमा बस्नुभएको थियो ।
मृतकको पोष्टमार्टम असोज ८ गते जिल्ला अस्पतालका भयाे । घटनाबारेमा थप अनुसन्धान भइरहेको डिएसपी केसीले जानकारी दिनुभयो ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
कलैया उपमहानगरपालिका-२४ बेलदारी श्रीपुर की २४ वर्षीया सृजना देवी ठाकुरलाई २६ बर्षीय पति दिनेश ठाकुरले ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले मङ्सिर ११…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
जितपुरसिमरा उपमहानगरपालिका-२० कन्चनपुर की २६ वर्षीया सजमामा खातुनलाई ०८० मङ्सिर १० गते गालीगलौज तथा कुटपिट गरेको आरोपमा ४० बर्षीय जेठाजु जमुदिन मियाविरुद्ध मङ्सिर ११ गते पीडितले जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला,…
प्रसाईंको आन्दोलनमा समर्थन गर्नेलाई गिरफ्तार गरेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा सहभागी हुँदा गिरफ्तारीमा परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई गिरफ्तार गरेको रिटमा सर्वोच्च अदालतले ०८० मङ्सिर १२ गते कारण देखाउ आदेश…
दुर्गा प्रसाईंको आन्दोलनमा सहयोग गरेको आरोपमा दुई जना गिरफ्तार
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गर्दै आइरहनु भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को समर्थन गरेको आरोपमा प्रहरीले ०८० मङ्सिर १२ गते दुई जनालाई गिरफ्तार गरेको छ…
प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ । २३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय…