घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु भएको छ ।
पीडितले पति २५ वर्षीय दिप बारी , ससुरा ५० वर्षीय लखपती बारी, सासु ४६ वर्षीया मायाँ बारी , देवर २३ वर्षीय संजय बारी ,२० वर्षीय बिजय बारी र नन्द १८ वर्षीया राधिका बारी विरूद्ध घरेलु हिंसा र माना चामल मुद्दा दर्ता गराउनु भएको हो ।
पीडित र आरोपितबिच ०७७ साल मङ्सिरमा विवाह भएको थियो । विवाह भएको केही समय पछि आरोपितहरूले , बिवाह दर्ता र नागरिकता नबनाएको र सासु र ससुरा पति मार्फत दाईजो माग्ने, गाली गलौज गर्ने , कुटपिट गर्ने र खान नदिएको पीडितले बताउनु भयो ।
घरमा सासु ससुरा र पतिले मानसिक तनाव दिंदै ०७९ असार ३ गते घरबाट समेत निकाली पति दीप बारीले असार ३ गते सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरेको पीडितले बताउनु भयो ।
असार ३ गते देखि माइतीको सहारामा बस्दै आएकी बारीले अदालतमा माना चामल र घरेलु हिंसा सम्बन्धिको मुद्दा दर्ता गर्न कुनै आर्थिक आयश्रोत नभएकोले आर्थिक सहयोगका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक समक्ष अनुरोध गर्दै असार ७ गते इन्सेक कपिलवस्तुमा निवेदन दिनु भएको थियो ।
निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले जिल्ला कानुनी सहायता समितिसँग समन्वय गरी हिंसा पीडित महिलालाई मुद्दा दर्ताका लागि असार ९ गते इन्सेकबाट ५ हजार रूपियाँ सहयोग गर्नु भएको थियो।
जिल्ला अदालतमा मुद्दा दर्ता गराउँदा उचित न्याय पाइन्छ भन्ने आशालेनै इन्सेकको सहयोग र समन्वयमा मुद्दा दर्ता गरिएको पीडितकी आमा इन्द्रावती बारीले बताउनु भयो ।
पार्वती आचार्य
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)
साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, दैनिकी कष्टकर
बेसीशहरस्थित जिल्ला कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीको दैनिकी कष्टकर बनेको छ । ३५ जना क्षमताको कारागारमा झण्डै तेब्बरको सङ्ख्यामा कैदीबन्दी राखिएपछि उनीहरूको दैनिकी कष्टकर बनेको हो ।…
जनशक्ति अभावले उपचारमा समस्या
गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितहरूको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र…