घरेलु हिंसा पीडितलाई उपचारको लागि इन्सेकद्वारा सहयोग
घरेलु हिंसा पीडित भानु नगरपालिका–१ नयाँबस्तीकी ७३ वर्षीया मिनाकुमारी गन्धर्वको उपचारमा इन्सेकद्वारा सहयोग गरिएको छ ।
पीडितलाई २४ वर्षीय छोरा विक्रम गन्धर्वले माघ २५ गते साँझ निर्घात कुटपिट गरेपछि मानव अधिकार समुह भानु नगरपालिकाकी सदस्य तुलसी गैरेले बृद्धालाई घरबाट उद्धार गरी भानु स्वास्थ्य केन्द्रमा उपचारको लागि पठाउनुभएको थियो ।
सोही दिन भानु नगरपालिका–१ की वडा सदस्य मिठु गन्धर्व, मानवअधिकार समुहकी सदस्य तुलसी गैरे लगायतले आरोपितविरुद्ध कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय नारेश्वरटारमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई सोही दिन साँझ गिरफ्तार गरेको थियो ।
आरोपित छारे रोगी भएको भन्दै उनलाई दैनिक तारेखमा आउने गरी माघ २६ गते रिहा गरेको भएपनि पीडितको सुरक्षाको लागि नयाँबस्तीमा रातको समयमा निरगानी बढाइने इलाका प्रहरी कार्यालय भानुका इन्चार्ज प्रकाश भुषालले बताउनुभयो ।
कुटपिटबाट घाईते भएकी पीडितको टाउको, ढाँड र खुट्टमा चोट लागेको छ ।
आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको र घरमा अन्य सदस्य समेत नभएको हुँदा उपचारको लागि सहयोग गर्न इन्सेक तनहुँलाई पीडितका देवर गम्भीर गन्धर्वले माघ २६ गते लिखित अनुरोध गर्नुभएको थियो ।
सोही निवेदन अनुरुप पीडितको थप उपचारको लागि इन्सेक तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले माघ २६ गते ५ हजार रुपियाँ उपलब्ध गराउनुभएको थियो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…