घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग

  ०७९ भदौ २३ गते

घरेलु हिंसा पीडित शितगंगा नगरपालिका–१३ सिमलपानीकी ५९ वर्षीया बाटुलीदेबी बिसीलाई इन्सेकले भदौ २२ गते आर्थिक सहयोग गरेको छ ।

पीडितलाई पति ६० वर्षीय गनबहादुर बिसीले असार १५ गते घर निकाला गरेको भन्दै खान लाउन समस्या परेको भन्दै भदौ २ गते इन्सेक अर्घाखाँचीमा उजुरी दिनु भएको थियो ।

पीडितलाई आरोपितले जेठ ५ गते कुटपिट गरी हात भाँचिदिएको र उपचार पछि छोरीको घरमा बस्दै आउनु भएको छ ।  जेठ ८ गते पतिले बोलाए पछि घर गए पनि पतिको अवस्थामा सुधार नआएको अझै बढी हिंसा गरी घर निकाला गरेको पीडतले बताउनु भयो ।

शितगंगा नगरपालिका– १३ वडा अध्यक्ष दुर्गा बिसीका अनुसार बाटुलीका पति  गनबहादुर प्रहरी चौकीमा पुर्यादा सम्म सुधार भएको बताउनु भयो ।

पीडित महिलालाई शितगंगा नपाका उपप्रमुख, वडा अध्यक्ष, समाजसेवी र पत्रकारको रोहवरमा इन्सेक प्रतिनिधि कूलबहादुर नेपालीले १० हजार रूपिँया सहयोग प्रदान गनर्स भएको हो ।


कूलबहादुर नेपाली