घरेलु हिंसा पीडितद्वारा जिल्ला अदालतमा मुद्दा दर्ता

  ०७९ चैत २९ गते

अदानचुली गाउँपालिका–६ स्थित पाम्सकी २३ वर्षीया बुहारी सर्मिला बुढालाई आफ्नै ४० वर्षीया सासु आमा कासिकला बुढा र ससुरा बुवा जनके बुढाले घर निकाला गरेको भन्दै पीडितले चैत २८ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराउनु भएको छ ।

फागुन ३ गते दुवै सासु ससुराले आफुलाई घर निकाला गरेपछि घरेलु हिंसा मुद्दामा उजुरी गरेपछि चैत २८ गतेनै जिल्ला अदालतमा मुद्दा दर्ता भएको जिल्ला अदालतमा हुम्लाका श्रेष्तेदार कमल कुमार आचार्यले बताउनु भएको छ ।

आफुलाई घर निकाला गरेपछि करीव एक महिनादेखि माइतिघरमै बस्दै आएकी पीडित बुढाले सासु ससुराले खाना लाउन नदिएर घर निकाला गरेपछि उजुरी गर्न बाध्य भएको बताउनु भएको हो ।

अदालतमा मुद्दा दर्ता भएसंगै घटनाको म्याद जारी भई म्याद तामेलीको प्रक्रियामा रहेको श्रेष्तेदार आचार्यले बताउनु भएको छ ।


नन्द सिंह