घरेलु हिंसा पीडितद्वारा इन्सेकको सहयोगमा अदालतमा मुद्दा दर्ता

  ०७८ कात्तिक ९ गते

घरेलु हिंसा पीडित यशोधरा गाउँपालिका– ८ खोरियाकी २८ वर्षीया कृभुटी दुवेदीले इन्सेकको सहयोगमा कृष्णनगर नगरपालिका – १ डुमाई बस्ने पति ३५ वर्षीय रामदेव उपाध्याय विरूद्ध जिल्ला अदालतमा कात्तिक ८ गते मुद्दा दर्ता गराउनु भएको छ ।

पतिले पटक पटक गाली गौलज , कुटपिट गर्ने, खान लाउन नदिने गरेको र पछिल्लो पटक ०७८ साउन १८ गते गाली गलोज गर्नुका साथै कुटपिट गरेको भन्दै मुद्दा दर्ता गर्न सहयोग गर्न इन्सेक कपिलवस्तुमा असोज १० गते निवेदन दिनु भएको थियो ।

निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले सरोकारवालाहरूसँग समन्वय गरी घरेलु हिंसा, माना चामल र अंश सम्बन्धी मुद्दा दर्ता गरेको हो ।

जिल्ला प्रहरीमा उजुरी लिएर गए मिलापत्र गराएर फर्काउने भएकाले सिधै अदालतमा मुद्दा दर्ता गराउँदा उचित न्याय पाइने आशाले अदालतमा मुद्दा दर्ता गरिएको पीडतका बुवा ओमप्रकाश दुवेदीले बताउनु भयो ।


पार्वती आचार्य