घरेलु हिंसा पीडितको इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित महिलाले इन्सेकको सहयोगमा पति ३३ वर्षीय श्यामराज धोवी , सासु ५८ वर्षीया शुभावती धोवी , जेठाजु ४० वर्षीय राजाराम धोवीविरूद्ध कात्तिक २३ गते जिल्ला अदालतमा माना चामल र अंश मुद्दा दर्ता गराउनु भएको छ ।
पीडितलाई कानुनी प्रक्रियामा निरन्तरता दिनका लागि कपिलवस्तु नगरपालिका –११ रेहरा घर भई हाल कपिलवस्तु नगरपालिका– ३ सिकोटवा आफन्तको आश्रयमा बस्दै आएकी ३३ वर्षीया तारा धोवीलाई इन्सेकले कात्तिक २२ गते आर्थिक सहयोग गरेको हो ।
मानव अधिकार समूहका अध्यक्ष लगायतका समूहका पदाधिकारीहरूको रोहवरमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले पीडितलाई ८ हजार रूपियाँ सहयोग हस्तान्तरण गर्नु भएको हो ।
पति र घर परिवारका सदस्यहरुले ०८० भदौ २ गते देखि अत्ती खान लाउन नदिने , बिरामी हुँदा उपचार खर्च नदिने , शारीरीक, मानसिक हिंसा गरेको, गालिगलोज गर्नुका साथै कुटपिट गरी दुई जना बालक सहित घरबाट निकालेको पीडित तारा धोवीले बताउनु भयो ।
आफन्तको सहारामा बस्दै आएकी पीडितले अदालतमा माना चामल र अंशसम्बन्धी मुद्दा दर्ता गर्न आर्थिक तथा कानुनी सहयोगका लागि इन्सेकद्वारा गठित मानव अधिकार समूह कपिलवस्तुमा कात्तिक २० गते निवेदन दिनु भएको थियो ।
मानव अधिकार समूहले कात्तिक २० गते पीडितलाई सहयोग गरिदिन भन्दै इन्सेक कपिलवस्तुलाई सिफारिस गरेको थियो ।
पार्वती आचार्य
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…