घरेलु हिंसा न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन

  ०७३ पुस २९ गते

घरेलु हिंसा न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले सडक नाटकमार्फत सचेतना दिन थालेको छ ।

पुस २९ गते छोप्राक-९ चोरकाटे र गोरखा नपा-१० बाह्रकिलोमा सडक नाटक देखाइएको जिल्ला प्रहरी कार्यालयका सई ताराबहादुर थापाले बताए ।

घरेलु हिंसाविरुद्घ हुने अपराध न्यूनीकरणका लागि सडक नाटकमार्फत गाउँगाउँमा सचेतना कार्यक्रम गर्न लागिएको पनि उनले बताए ।

पछिल्लो समय घरेलु हिंसा, महिला तथा बालबालिकामाथि हुने अपराधका घटनामा बृद्धि भएको तथ्याङ्क सार्वजनिक हुन थालेपछि यसको रोकथाम गर्नु चुनौति बन्दै आएको सरोकारवालाहरूले बताउँदै आएका छन् ।

.

.

.

.

.


हरिराम उप्रेती