घरेलु हिंसा घटनाका आरोपितविरूद्ध प्रहरीमा मुद्दा दर्ता

नवलपरासी जिल्ला रामग्राम नपा-२ की २२ वर्षीया फादमा खातुन र उनकी ५५ वर्षीया आमा नजिवुन नेशालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा कम्हरिया-५ बस्ने २८ वर्षीय रियाजुद्धिन साहमदविरुद्ध प्रहरीमा मुद्दा दर्ता गरिएको छ ।

मदिरा सेवन गरी पत्नी र सासूलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा गिरफ्तार गरिएका साहमदविरूद्ध जिल्ला प्रहरी कार्यलय नवलपरासीले फागुन २९ गते घरेलु हिंसा र ज्यानमार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरेको जनाएको छ ।

पीडितद्वयलाई आरोपितले फागुन २७ गते ससुराली घर पुगेर खुकुरी प्रहार गरी घाइते बनाएका थिए । पीडितद्वयको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको मेडिकल कलेजका असई मिन तामाङले जानकारी दिए ।


रीमा बि.सी.