घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी

  २०८१ वैशाख २०

खाँडाचक्र नगरपालिका–३ की २५ वर्षीया मिरा देवकोटालाई पति २६ वर्षीय गणेश पाण्डेले कुटपिट गरी घर निकाला गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालयमा पीडितले ०८१ वैशाख २० गते उजुरी दिएकी छन् ।

पतिले वैशाख २ गते खाँडाचक्र नगरपालिका–५ की २६ वर्षीया रितु हमाललाई दोस्रो विवाह गरी मार्ने धम्की दिएर घर निकाला गरेपछि हालसम्म वास्ता नगरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अर्जुन केसीले बताउनु भयाे ।

पीडितको उजुरी आएपछि घटनाका विषयमा अनुसन्धान भइरहेको डिएसपी अर्जुन केसीले बताउनुभयो ।

पतिको धम्कीपछि पीडित हाल माइती घरको आश्रयमा सान्नीत्रिवेणी गाउँपालिका–३ मा बसेकी छिन्।


कालीबहादुर मल्ल