घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

दुल्लू नगरपालिका–१ नाउलेकटुवालकी २९ वर्षीया बिनुकुमारी थापालाई २६ वर्षीय पति यज्ञबहादुर थापाले ०८० चैत १६ गते कुटपिट गरी घर निकाला गरेको भन्दै चैत १६ गते जिल्ला प्रहरी कार्यालयमा घरेलु हिंसा सम्बन्धी उजुरी दिनुभएको छ ।

पीडित महिलाको ७ वर्षीया छोरी र ५ वर्षीय एउटा छोरा छन् ।

आरोपित दुल्लू नगरपालिकाको सवारी चालक हुन् । पीडित र आरोपित बीचको विवादका विषयमा इलाका प्रहरी कार्यालय दुल्लू र जिल्ला प्रहरी कार्यालयमा पनि यसअघि उजुरीपछि छलफल भएको  दुल्लू नगरपालिकाका उप प्रमुख विना कार्कीले बताउनुभयो ।

पीडितलाई टाउको र ढाडमा बढी चोट लागेकोले चैत १६ गते दैलेख अस्पतालमा उपचार र स्वास्थ्य जाँच गराइ घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिपक मगराठीले जानकारी दिनुभयो ।


अमर सुनार