घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार
बागलुङ नपा–१३ रोकायथरकी ४५ वर्षीया लक्ष्मी रोकालाई हँसिया प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले ४५ वर्षीय देवर बबी रोकाले असार ५ गते बिहान गिरफ्तार गरेको छ ।
असार ५ गते नै गिरफ्तार गरिएका आरोपित रोकालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बागलुङस्थित हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
सामान्य घरायसी विवादको क्रममा हँसियाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी लक्ष्मीको उपचार मणिपाल शिक्षण अस्पताल पोखरामा भइरहेको जिल्ला प्रहरी कार्यालय, बागलुङका डिएसपी झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।
हँसिया प्रहारबाट घाइते भएकी लक्ष्मीको टाउकोमा १४ ओटा टाँका लगाइएको र थप उपचार भइरहेको पीडितका पति जीवन रोकाले बताए ।
पीडितलाई आरोपितले धारिलो हतियार प्रहार गर्ने क्रममा छुट्याउन जाँदा घाइते भएका जीवनका ७४ वर्षीय बुबा सोमबहादुर रोकाको हातमा पनि चोट लागेको प्रहरी जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, बागलुङका अनुसार घाइते सोमबहादुरको भने धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…