घरेलु हिंसा घटनाका आरोपित विरुद्ध उजुरी

  ०८० भदौ १ गते

तिलागुफा नगरपालिका–७ की २४ वर्षीया सोदेस्ना शाहीले आफूलाई २४ वर्षीय पति कमलराज शाहीले घर निकाला गरेको आरोपमा भदौ १ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिनुभएको छ ।

नेपाली सेनामा कार्यरत आरोपित शाहीले साउन २३ गते अर्काे विवाह गरी आफूसँग लिएपछि कान्छी पत्नी घरमा ल्याउँछु भन्दै घर छोड्न धम्की तथा नछोडे मार्ने धम्की दिएर  ४ वर्षीया नाबालिका छोरीसहितलाई घर निकाला गरेपछि पीडितले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिनुभएको हो ।

आरोपित शाही विरुद्ध उजुरी निवेदन दिएपछि अनुसन्धानका लागि खोजी भइरहेको कालिकोट प्रहरी इन्सपेक्टर सुवराज बम बताउनुभयो ।

आर्थिक अभावका कारण कानुनी प्रक्रियमा जान समस्या भएको भन्दै पीडितले इन्सेकमा आवश्यक सहयोका लागि असार २९ गते निवेदन दिनुभएको थियो ।


कालीबहादुर मल्ल