घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार
बेलौरी नगरपालिका–८ लक्ष्मीपुरकी २४ वर्षीया राधा बोटलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा प्रहरीले २७ वर्षीय पति मनीराम बोटलाई जेठ ९ गते गिरफ्तार गरेको छ ।
आफूलाई कुटपिट गरी घाइते बनाएको र खान लाउन नदिई घर निकाला समेत गरेको भन्दै पीडित महिलाले जेठ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएकोले आरोपितलाई गिरफ्तार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका सई हरिकला शर्माले इन्सेक प्रतिनिधीसँग फोन सम्पर्कमा बताउनु भयो ।
उहाँले पीडित महिलाको हालसम्म पनि नागरिकता र विवाह दर्ता नगरी दिएको पाइएकोले पीडितको नागरिकता र विवाह दर्ता गराई जेठ १३ गते जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुने गरी छोडिएको बताउनु भयो ।
वैशाख २४ गते लातैलात्ताले पेटमा हानेर छोरीलाई घाइते बनाएपछि उपचारार्थ रहेको अवस्थामा पनि जुवाईले पुनः पटकपटक कुटपिट गरिरहने र घर निकाला गर्ने गरेपछि सुरक्षाका लागि जुवाई विरुद्ध जिल्ला प्रहरी कार्यालमा उजुरी दिनुपरेको पीडितकी ५२ वर्षीय आमा सदभाना बोटले बताउनु भयो ।
अल्पकालिन सेवा केन्द्रकी संयोजक मञ्जु केसीका अनुसार लामो समयदेखि पटकपटक कुटपिट गर्ने, अपशब्द बोल्ने, हातपात गर्ने र घर निकाल गरी अर्को विवाह गर्छु भनेर मानसिक यातना दिने गरेकोले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको बताउनु भयो ।
कुटपिटबाट घाइते हुनु भएकी पीडित महिलाको स्वास्थ्य उपचार वैशाख २४ गते महाकाली अस्पतालमा गरिएको थियो ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…