घरेलु हिंसा घटनाका आरोपित विरुद्ध उजुरी

  ०७९ कात्तिक ३० गते

नरहरिनाथ गाउँपालिका–२ की २४ वर्षीया शर्मिला विष्टलाई उनका देवर २८ वर्षीय सुनिल विष्ट र अमाजु ३० वर्षीया केशा विष्टले कुटपिट गरी घर निकाला गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय कालिकोटमा पीडितले कात्तिक २९ गते पीडितले उजुरी दिनु भएको छ ।

पतिको मृत्यु भएको ४५ दिन नपुग्दै कथित बोक्सीको आरोप लगाउदै कात्तिक २७ गते साँझ कुटपिट गरि घर निकाला गरेको पीडितले इन्सेक प्रतिनिधिलाई वताउनु भएको हो ।

पीडितले भन्नु भयो, पतिको मृत्यु भएको दिनदेखि पटक पटक म माथि हातपात गर्ने, बोक्सीको आरोप लगाउने, कुटपिट गरि घरबाट निकालेपछि प्रहरी समक्ष पुग्नु परेको बताउनु भयो ।
पीडितको उजुरी आएपछि घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी जयश्वर रिमालले  जानकारी गराउनु भएको छ ।

घाइतेको जिल्ला अस्पताल, कालिकोटमा उपचार हुनुका साथै घाउजाच केस फारम गरिएको जिल्ला अस्पताल कालिकोटका निमित्त स्वास्थ्य व्यवस्थापक डाक्टर रत्नविर सुनारले बताउनु भएको छ ।
घरपरिवारले कुटपिट गरि घर निकाला गरेपछि पीडित हाल माइतिको आश्रयमा बसिरहनु भएको छ ।


कालीबहादुर मल्ल