घरेलु हिंसा घटनाका आरोपित विरुद्ध उजुरी
सान्नीत्रिवेणी गाउँपालिका–१ की २२ वर्षीया गीता जैसी शाहीलाई उनका पति दानबहादुर शाहीले कुटपिट गरी घाइते बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय कालीकोटमा पीडितले भदौ १७ गते पीडितले उजुरी दिनु भएको छ ।
दैलेख जिल्ला भगवतीमाई गाउँपालिका–५ कट्टी घरभई हाल खाँडाचक्रमा व्यापार गर्दै अएका आरोपित शाहीले भदौ १२ गते साँझ लठ्ठीले कुटपिट गर्दा संवेदनशिल अङ्गमा गम्भीर चोट लागेको पीडितले इन्सेक प्रतिनिधिलाई वताउनु भएको हो ।
२०७५ सालमा घरमा अर्की पत्नी हुँदाहँुदै जैसीलाई दोस्रो विवाह गरेका शाहीले कथित बोक्सी लगायतका आरोपमा पटक पटक कुटपिट तथा मानसिक र शारीरिक यातना दिने गरेको पीडितले वताउनु भएको छ ।
एमाले कालिकोट जिल्ला पार्टी कार्यालय सचिव समेतको जिम्मेवारीमा रहेका शाहीको कान्छी पत्नी जैसीबाट साढे तीन वर्षको एक छोरा समेत छन् ।
पीडितले भन्नु भयो, पटक पटक म माथि हातपात गर्ने, बोक्सीको आरोप लगाउने, आफ्न्तसँग भेटघाट गर्न नदिने क्रियाकलाप गर्दै आएकोमा यो पटक मरणासन्न हुनेगरी कुटपिट गरेपछि प्रहरी समक्ष पुग्नु परेको बताउनु भयो ।
घरेलु हिंसा गरी कुटपिट तथा यातना दिएको आरोपमा पीडितले पतिविरुद्ध जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिनु भएको छ ।
घाइतेको जिल्ला अस्पताल, कालिकोटमा उपचार हुनुका साथै घाउजाच केसफारम गरिएको कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले बताउनु भएको छ । साथै उहाँले पीडितको उजुरीपछि घटनाका विषयमा अनुसन्धान भइरहेको समेत जानकारी गराउनु भएको छ ।
पतिले कुटपिट गरि घर निकाला गरेपछि पीडित हाल आफ्न्तको आश्रयमा बसिरहनु भएको छ ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…