घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार
दुर्गाथली गाउँपालिका–६ सैनपसेलाकी २८ वर्षीया रमा जाग्रीलाई ३५ वर्षीय पति राजु जाग्रीले कुटपिट गरेको आरोपमा पुस १२ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पतिले पुस ९ गते निर्धात रूपमा कुटपिट गरेको भन्दै पीडित महिलाले पुस १० गते जिल्ला पहरी कार्यालय,बझाङमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तर गरी अभद्र व्यवाहार अन्तर्गत मुद्दा दर्ता गरीएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गणेश बमले बताउनु भयो ।
एक सात अगाडि राजु जाग्रीले रमालाई निर्धात कुटपिट गरी कोठामै बन्धक बनाएर राखिएको अवस्थामा पीडित रमाकी छोरीले ठुलो बुवालाई फोन गरी घटनाका बारेमा जानकरी गराएपछि घटना सार्वजनिक भएको महिला अधिकार मञ्च,बझाङकी अध्यक्ष जयन्ती जोशीले बताउनु भयो ।
पीडित महिलाको शरीर भरी निलडाम परेको र हाल उहाँलाई महिला सेफ हाउसमाराखि उपचार तथा न्यायका लागि पहल भइरहेको समेत अध्यक्ष जोशीले बताउनु भयो ।
आफूलाई यस भन्दा अगाडि पनि पतिले पटकपटक कुटपिट गर्दै आएको पीडित महिलाले बताउनु भयो ।
रमेश के सी
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…