घरेलु हिंसा गरेको आरोपमा शिक्षा समन्वय प्रमुख गिरफ्तार

  ०८० कात्तिक २१ गते

काठमाण्डौँ स्थायी घर भइ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ मा बस्दै आउनु भएकी ४३ वर्षीया अमिस्ता थापालाई घरेलु हिंसा गरेको आरोपमा प्रहरीले ४९ वर्षीय शैलेन्द्रबहादुर थापालाई कात्तिक २१ गते गिरफ्तार गरेको छ ।

पीडितले ४९ वर्षीय पति शैलेन्द्रबहादुर थापाले घरेलु हिंसा र मानसिक यातना दिएको आरोपमा कात्तिक २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि शिक्षा विकास तथा समन्वय इकाइ, खोटाङका कार्यालय प्रमुख शैलेन्द्रबहादुर थापालाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वेनु कार्कीले बताउनु भयो ।

पीडितले कात्तिक २१ गते आरोपितविरूद्ध मौखिक उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इन्स्पेक्टर कार्कीले बताउनु भयो ।

दुवै पक्षलाई कार्यालयमा राखेर घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


तारानाथ फुयल