घरेलु हिंसा कसुरमा २५ हजार जरिवानाको फैसला

  ०७८ मङ्सिर ६ गते

चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ नुवाकोटकी २७ वर्षीया बन्दना गिरी माथि घरेलु हिंसा गरेको कसुरमा पति २९ वर्षीय बिनोद गिरीलाई दैलेख जिल्ला अदालतले २५ हजार जरिवाना र पीडितलाई ५० हजार क्षतिपूर्ति तिनुपर्ने फैसला गरेको छ ।

पीडितले अदालतमा ०७७ चैत २३ गते दिएको उजुरीका आधारमा गरिएको अनुसन्धानमा घरेलु हिंसा गरेको ठहर गरी जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट मङ्सिर ३ गते उक्त फैसला भएको जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।

बुबा तुलाराम गिरीको उक्सावटमा लागि आफू माथि कुटपिटसँगै घर निकाला गरेको भन्दै बन्दनाले पति बिरूद्ध उजुरी गर्नुभएको थियो ।

पीडितको उपचार चैत २३ गते जिल्ला अस्पतालमा गरिएको थियो ।


अमर सुनार