घरेलु हिंसापीडित महिलालाई कानुनी प्रक्रियामा जानको लागि इन्सेकको सहयोग
घरेलु हिंसा पीडित चौरजहारी नगरपालिका–१२ जोगीनेटाकी २१ वर्षीया मेनुका वलीलाई कानुनी प्रकृयामा जान साउन १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सहयोग गरेको छ ।
पीडितले आफ्नो आर्थिक अवस्था कमजोर भएका काराण कानुनी प्रक्रियामा पुग्न समस्या भएको भन्दै इन्सेकलाई सहयोग गर्न आग्रह गरेपछि कानुनी प्रक्रियामा जानको लागि इन्सेकले आर्थिक सहयोग गरेको हो ।
पीतिड महिलालाई जिल्ला सिफारिस संयन्त्रका संयोजक तथा महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष व्युंझना पुन देवकोटाले ५ हजार रुपियाँ नगद हस्तान्तरण गर्नु भएको हो ।
मानव अधिकार सहायता कक्षको असार १० गतेको निर्णय अनुसार उक्त रकम हस्तान्तरण गरिएको इन्सेकले सञ्चालन गरेको अधिकार–२ परियोजनाका संयोजक किरण पौडेलले जानकारी दिनु भयो ।
पीडितको परिवारले मिलेर बस्ने भनेपछि केही दिन पर्खेको र पछि आफूलाई झन् पीडा दिएको उहाँको गुनासो छ ।
आर्थिक वर्ष अन्त्यका कारण मुद्दाको प्रकृति मिलाएर राख्न भन्दै अदालतका सम्पुर्ण कामकाज रोकिएकाले उहाँलाई कानुनी प्रक्रियामा जान ढिला भएका कारण साउन १५ गते मात्र अदालतको कामकाज सुरु भएपछि इन्सेकले आर्थिक सहयोग गरेको हो ।
पीडित मेनुकाका पतिको मृत्यु दुई महिना अगाडि कामको लागि भारत जाने क्रममा भएपछि पीडितका ५२ वर्षीय ससुरा गङ्गारम खड्काले घर निकाला गरेको पीडितको आरोप छ ।
मनिषा केसी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…