घरेलु हिंसाका कारण एक युवतीले आफ्नै शरीरमा मट्टतिेल खन्याएर आगो लगाइन्

महाराजगञ्ज नपा-८ सुनवर्षाकी २० वर्षीय किरण कुर्मीले परिवारजनको हिंसा सहन नसकी वैशाख १४ गते आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाउँदा घाइते भएकी छन् ।

पीडित युवतीलाई उनका पति धनीराम कुर्मी र परिवारजनका सदस्यले पटकपटक हिंसा गर्दै आएकोमा वैशाख १४ गते पनि हिंसा गरेपछि कुर्मीले आफ्नै शरीरमा आगो लगाएको पीडितको भनाइ छ ।

आगोका कारण कुर्मी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय, हर्दौनाले जानकारी दिएको छ । कम्मरभन्दा माथिल्लो भाग जलेकी घाइते कुर्मीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा ल्याइएकोमा वैशाख १४ गते नै लुम्बिनी अञ्चल अस्पताल, रिफर गरिएको छ ।

पीडित युवतीको उपचार लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी नरेन्द्र कार्कीले जानकारी दिएका छन् । घटनाको बारे जानकारी लिन जाँदा परिवारका सदस्य नभेटिएपछि घटनाको थप विवरण आउन नसकेको प्रहरी चौकी हर्दौनाले जनाएको छ ।


नन्दराम पौडेल