घरेलु हतियार प्रहार गरी पत्नीको हत्या, आरोपित फरार
दत्तु-७ की २७ वर्षीया सुना धामीको हत्या गरी ५१ वर्षीय पति धिरेन्द्रसिंह धामी फरार भएका छन् । भगवती गाविस ७ स्थायी घर भइ हाल दत्तुमा अस्थायी बसोबास गर्दै आएकी धामीलाई आरोपितले पुस ११ गते राति घरमा सुतिरहेको अवस्थामा घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
पीडित महिलाको टाउकोमा चोट लागेको र हात भाँचिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर रणबहादुर चन्दले बताए ।
पीडित महिलाको शव घर भन्दा तल झाडीमा फालिएको अवस्थामा फेला पारिएको इन्स्पेक्टर चन्दले बताए ।
घरमा रहेका छोराछोरीलाई घर भित्र थुनेर उनी फरार भएको पनि प्रहरीले जनाएको छ । मृतक महिलाका जेठा छोरा १२ वर्षीय टाकेश धामीका अनुसार घटनाबारे बाहिर भने मारिदिने धम्की दिएर बावु भागेका हुन् । टाकेशले गाउँलेलाई खबर गरेपछि प्रहरीले आरोपितको खोजी गरिरहेको जानकारी दिएको छ ।
मृतकका एक छोरा तथा सौताका दुई जना छोरा र दुई जना छोरी छन् । यसअघिका दुवै पत्नीले आरोपितलाई छाडेर अर्को विवाह गरेको स्थानीयले बताएका छन् ।
आमाको मृत्युपछि अस्थायी टहरामा बस्दै आएका उनका पाँचै जना छोराछोरीको हेरचाहमा समस्या भएको छ । मृतकका ११ महिने दुधे बालक चादुसिंह धामीको पालन पोषणमा समस्या भएको प्रहरीले जनाएको छ । धामीको परिवार विगत ७/८ महिना यता दत्तुमा अस्थायी बसोबास गर्दै आएका थिए ।
यसैबिच दत्तु गाविसले दुधे बालकसहितका उनका बालबच्चाको पालन पोषणको लागि सहयोग गरिदिन आग्रह गरेको छ । पीडितको तर्फबाट जिल्लास्थित सरोकारवाला निकाय, गाविसलगायत अधिकारकर्मीहरूलाई पीडितलाई सहयोगको लागि आग्रह गरिरहेको पीडितका आफन्त दामोदरसिंह धामीले बताए ।
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…