घरेलु हिंसा पीडित महिला : सीप सिकेर स्वरोजगार बन्ने रमीताको सपना
तिला गाउँपालिका – ७ तुहीगाउँकी २४ वर्षीया रमीता रावत घरेलु हिंसा पीडित महिला हुन् । सोही गाउँपालिका – ९ राँसा गाउँ माइती घर भएकी रमिताले कलिलै उमेरमा तुहीगाउँका २७ वर्षीय गोपाल बुढासँग ०७४ सालमा प्रेम विवाह भइ ०७५ कात्तिक १५ गते छोरा युवराज बुढाको जन्म भयो ।
घरेलु हिंसा पीडित रमीता ०७८ चैत मसान्तमा घरका सामान र छोरासमेतलाई घर निकाला हुनुभयो । घर निकाला गरेदेखि छोरासहित राँसागाउँ माइती घरमै बस्दै आएकी रमीतालाई इन्सेकको सहजीकरणमा न्यायलयमा पुगेकी रमीताले सम्वन्ध विच्छेद उजुरी जिल्ला अदालतमा ०७९ जेठ ३१ गते दायर गर्नु भयो । सम्बन्ध विच्छेद उजुरी अहिले अदालतमा कानुनी प्रकृयामा रहेको रमीताले बताउनु भयो । उहाँलाई न्यायका लागि कानुनी प्रकृयामा जानका लागि इन्सेकले पाँच हजार रुपियाँ सहयोग गरेको थियो ।
इन्सेकले कानुनी प्रकृयामा जानका लागि सहयोग गरेपछि आफूमा आय आर्जन गर्नुपर्छ भन्ने जागर थपिएको रमीता बताउनु हुन्छ । आर्थिक सक्षमता नहुँदा सधै अरुको भर पर्नु भएकाले उहाँले सीप सिकेर स्वरोजगार बन्ने सपना देख्नु भएको छ । आर्थिक सक्षमता हुन सके छोराछोरीको पठनपाठनदेखि आधारभूत आवश्यकता पुरा गर्न सहज हुने रमीताको भनाइ छ ।
घरेलु हिंसा पीडित रमीता अहिले जीविकोपार्जन गर्नका लागि कपडा सिलाउने सिप सिकिरहनु भएको छ । निकै कष्टकर जीवन विताई रहेकी रमिता ४५ दिने स्तरबृद्धि सिलाई कटाई तालिममा कपडा सिलाउने सीप सिकिरहनु भएको छ । अघिल्लो वर्ष दुई महिनाको तालिममा सामान्यतय कुर्ता सुरुवाल, बच्चाका कपडा सिलाउन सिकेकी रमीताले अहिले सर्ट पाइन्ट सिलाउने सीप सिकिरहनु भएको छ ।
सिलाई कटाईको दुई चरणको तालिमपछि तिला गाउँपालिका–३ त्रिवेणी बजारमा व्यवसायिक रुपमा कपडा सिलाउने पसल सञ्चालन गर्ने योजना रहेको रमीताले बताउनु भयो । उहाँले भन्नुभयो यही व्यवसाय सञ्चालन गरेर एक छोरालाई पालनपोषण र पढाउने सोच बनाएकी छु ।
गतवर्ष इन्सेकले रमीता जस्तै घरेलु हिंसा पीडित महिला चन्दननाथ नगरपालिका – ५ कालेखोलीकी पिंकी सुनार, तिला गाउँपालिका– १ रारालिहिकी शान्ति नेपाली, गुठीचौर गाउँपालिका–३ गज्यांकोटकी देवकी कामी, सोही गाउँपालिका–५ देपालगाउँकी अस्मिता सार्की र कनुकासुन्दरी गाउँपालिका–५ लुड्कुकी सुस्मिता घर्ती न्यायका लागि कानुनी प्रकृयामा जान आर्थिक सहयोग गरेको थियो ।
तिला गाउँपालिका – ७ पोख्री गाउँकी २७ वर्षीया जौकली रोकाया अपाङ्गता भएकी व्यक्ति हुन् । उहाँको बाँया आँखा दृष्टिविहीन छ । दुई छोराकी आमा जौकली जीविकोपार्जन गर्नका लागि अहिले ४५ दिने कपडा सिलाउने सिलाई कटाई सिप सिकिरहनु भएको छ ।
अघिल्लो वर्ष दुई महिना आधारभूत तालिम लिएकी जौकलीले अहिले ४५ दिने स्तरबृद्धिको सिलाई कटाई तालिम लिइरहनु भएको छ । यही सीप सिकेर आय आर्जन गरी जिविकोपार्जन गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो ‘सीप सिकेर गाउँमै यही व्यवसाय गरेरै जीविकोपार्जन गर्न योजना रहेको छ । घरको सामान्य खेतीपातीले बाह्रै महिना खाना लगाउन पुग्दैन । पति जीविकोपार्जनकै लागि भारत जाने गर्नु हुन्छ । ’
रमीता र जौकली जस्तै विपन्न हिंसा पीडित महिला ४५ दिने सिलाईकटाई सीप सिकिरहनु भएको छ । किर्डाक नेपाल र तिला गाउँपालिकाको साझेदारीमा विपन्न महिलालाई आय आर्जनमा जोड्नका लागि सिलाई कटाई तालिम सञ्चालन गरिएको गाउँपालिका उपप्रमुख गोरीकला बुढाले बताउनु भयो । उहाँले भन्नुभयो ‘अघिल्लो वर्ष दुई महिनाको आधारभुत सिलाई कटाई तालिम सञ्चालन गरेका थियौँ । यो वर्ष ४५ दिने स्तरबृद्धिको तालिम हो । यस तालिमबाट राम्रो सीप सिकेर व्यवसाय सञ्चालन गरी आयआर्जन टेवा पुग्ने अपेक्षा गरिएको छ । ’
मानदत्त रावल
सम्बन्धित समाचारहरू
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…