घरेलुहिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
पँलात गाउँपालिका–४ की २० वर्षीया इश्वरा वुढाले आफूलाई २२ वर्षीय पति श्रृष्ठराज बुढाले घर निकाला गरेको भन्दै जेठ ३० गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिनुभएको छ ।
आरोपितले जेठ १५ गते अर्काे विवाह गरी काठमाण्डौ राखेर घरमा आएपछि कान्छि पत्नी घरमा ल्याउछु भन्दै नाबालक छोरासहित जेठ २८ गते राती कुटपिट गरी घर निकाला गरेको पीडित बुढाले इन्सेक प्रतिनिधिलाई बताउनु भएको छ ।
पीडितले आरोपितको फोटोसहित निवेदन दिएपछि अनुसन्धानका लागि खोजी भइरहेको कालिकोट प्रहरी प्रमुख डीएसपी सिद्धराज न्यौपानेले बताउनुभयो ।
घर निकाला भएकी पीडितले कानुनी प्रक्रियामा जान आर्थिक समस्या भएको भन्दै इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतलाई सहयोगका लागि निवेदन दिनु भएको छ ।
पतिको कुटपिटबाट सामान्य घाइते भएकी पीडितको जेठ ३० गते जिल्ला अस्पताल, कालिकोटमा भएको स्वास्थ्य व्यवस्थापन कार्यालय कालिकोटले जानकारी गराएको छ ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…