घरमै बन्धक बनाइएकी घिमिरेको इन्सेकको पहलमा उपचार सुरु
शारीरिक तथा मानसिक अवस्था कमजोर भएका कारण घरमै बन्धक बनाइएकी जामुने गाविस-७ धयरेकी ३५ वर्षीया सरस्वती घिमिरेको उपचार सुरु भएको छ । इन्सेकको पहलमा राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन कोशिसले घिमिरेको घरमै गएर उपचार सुरु गरेको हो ।
पीडित महिलाको उपचार प्रक्रिया मङ्सिर ११ गतेबाट सुरु भएको हो । शारीरिक तथा मानसिक अवस्था कमजोर भएपछि घिमिरेलाई दुई वर्षेखि आफ्नै घर भित्र बन्धक बनाइएको र सो घटनाको इन्सेक प्रतिनिधिले गरेको अनुगमनपछि उनको उपचार प्रक्रिया सुरु गरिएको हो ।
इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले मङ्सिर ८ गते पहिलो पटक घिमिरेलाई उनकै घरमा भेटेका थिए । त्यसबारेमा स्थानीय पत्रिकामा समाचार प्रकाशन गर्न पहल गरेका भट्टर्राईले उपचारका लागि सहयोगको अपिल गरेका थिए । कोशिसले मङ्सिर ११ गते मानसिक रोग विशेषज्ञ नै घरमा लगेर घिमिरेको स्वास्थ्य परीक्षण गरेको छ ।

मणिपाल शिक्षण अस्पताल पोखराका मानसिक रोग विशेषज्ञ डा. प्रकाश थापाले घिमिरेको स्वास्थ्य परीक्षण गरी औषधिसमेत उपलब्ध गराएका छन् । सो अवसरमा डा. घिमिरेले नियमित औषधि सेवन र घरको वातावरण राम्रो भएमा उपचार सम्भव भएको बताए ।
घिमिरेको मानसिक स्वास्थ्यको उपचारको लागि चिकित्सक सहित सम्पूर्ण औषधिको व्यवस्था कोशिसले गर्ने कोशिसका तनहुँ जिल्ला संयोजक बसन्त भट्टले जानकारी दिए । त्यसको लागि हरेक १५ दिनमा मानसिक रोग विशेषज्ञ ल्याएर घिमिरेको स्वास्थ्य परीक्षण गर्ने र प्रत्येक साता कोशिसका मनोविमर्शकर्ताहरूले घिमिरेलाई परामर्श दिने संयोजक भट्टले बताए ।
घिमिरेका पति लक्ष्मणले यसअघि आफूबाट कमजोरी भएको स्वीकार्दै अब औषधिलाई नियमित गर्ने र पत्नीलाई राम्रोसँग उपचार गराउने बताए । उनले आफ्नो समस्यालाई सम्बोधन गर्न पहल गरेकोमा इन्सेकसहित कोशिस नेपाललाई पनि धन्यवाद दिएका छन् । कोशिसका जिल्ला संयोजक भट्टले इन्सेकले यसबारेमा उजागर गरेर हिंसापीडित महिलाको उद्धारमा राम्रो काम गरेको बताए ।

राष्ट्रिय अपाङ्ग महासङ्घका पश्चिमाञ्चल सचिव तथा जिल्ला विकास समितिको अपाङ्ग जिल्ला समन्वय समितिका उपाध्यक्ष प्रकाश पन्थले घिमिरेको मानसिक स्वास्थ्यको उपचार सँगसँगै शारीरिक स्वास्थ्यको पनि उपचार गरिने बताए ।
यसका लागि उनको शारीरिक स्वास्थ्यको परीक्षण गरी तत्काललाई हृविल चेयर उपलब्ध गराउने, अपाङ्गताको परिचय पत्र उपलब्ध गराउने, सहज शौचालयको व्यवस्था मिलाउने कार्यमा लागिने बताए ।
पीडित महिलाको मानसिक स्वास्थ्य कमजोर भएपछि दुई वर्षअघि घरबाट भागेर आवुँखैरेनी जाँदा पृथ्विराजमार्गमा ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भई कम्मर भन्दा मुनिको भाग पनि नचल्ने भएको छ ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…