घटेन नवजात शिशु मृत्युदर
दिगो विकासअनुरूप आगामी ८ वर्षभित्र (सन् २०३० सम्म) नेपालले नवजात शिशु मृत्युदरलाई प्रतिहजार जीवित जन्ममध्ये १२ जनामा झार्नु पर्ने हो ।
यही लक्ष्य पूरा गर्न सरकारले ‘नेपाल सुरक्षित मातृत्व र नवजात स्वास्थ्य २०३०’ रोडम्याप नै लागू गरेको छ । तर पछिल्लो ६ वर्षमा सुधार नदेखिएको तथ्यले दिगो लक्ष्य प्राप्तिमा चुनौती थपिएको छ ।
जुम्लामा गएको आर्थिक वर्ष ०७८/०७९ मा ३४ जना शिशु मृत्यु भएको जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्याङ्क उल्लेख छ । मातृ सुरक्षा कार्यक्रमकी फोकलप्रसन मोर्चा शाहीले भन्नुभयो यसअघि आर्थिक वर्ष ०७७/०७८ मा पनि ३९ जना शिशुको मृत्यु भएको छ ।
उहाँले भन्नुभयो २८ हप्तादेखि ७ दिन भित्रका बच्चाको बढी मृत्यु भएको हो । गर्भवती आमाले अल्ट्रा साउन भिडियो एक्स–रे परीक्षण नगर्दा बच्चाका अवस्था थाहा नहुँदा एभोर्सन गर्दा शिशु मृत्युदर धेरै देखिएको हो । चालु आर्थिक वर्षको माघ पहिलो सातासम्म कुनै पनि शिशु मृत्यु नभएको जनाएको छ ।
करोडौँ सरकारी कोष खर्चेर निःशुल्क हवाई उद्धारको अभियान चलिरहे पनि मातृ मृत्युदर टरेको छैन । ०७५/०७६ देखि गत वैशाखसम्म ३६० आमाको निःशुल्क उद्धार हुँदा यही अवधिमा अरू ७८९ गर्भवती तथा सुत्केरीको मृत्यु भएको सरकारी अभिलेख छ ।
नवजात शिशु मृत्युदरमा सुधार नआए पनि पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर र बाल मृत्युदरमा केही सुधार देखिन्छ । ६ वर्षअघिको सर्वेक्षणमा पाँचौँ जन्मोत्सव मनाउन नपाउने बालबालिका प्रत्येक एक हजारमध्ये ३९ जना थिए, हालको सर्वेक्षणमा यो दर ३३ जनामा झरेको छ । नवजात शिशु मृत्युदर धनी वर्गका परिवारको तुलनामा न्यून आर्थिक अवस्था भएकाहरूमा लगभग दोब्बर र कलिला आमामा यो दर उच्च रहेको युनिसेफको अध्ययनले देखाएको छ ।
चेतनाको कमी, जन्मँदाको समयमा औसतभन्दा सानो वा ठुलो तौल, सुत्केरी गराइने स्थान, रक्त अल्पताजस्ता कारण नवजात शिशुको मृत्यु हुने गरेको ‘नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम’को अध्ययनले देखाएको छ ।
हालै प्रकाशित ‘आवधिक नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण’ ले पनि एक वर्षअघिको यो घटनाजस्तै नवजात शिशु मृत्युदर पछिल्लो ६ वर्षमा सुधार हुन नसकेको तथ्य उजागर गरेको छ । सन् २०१६ को सर्वेक्षणले प्रत्येक एक हजार जीवित शिशुको जन्म हुँदा २१ जनाको मृत्यु हुने गरेको देखाएको थियो ।
हालै प्रकाशित सर्भेमा अझै पनि प्रति एक हजार जीवित शिशुको जन्म हुँदा २१ जनाकै मृत्यु भइरहेको उल्लेख छ । जन्मपश्चात् पहिलो २८ दिनभित्र हुने मृत्युलाई नवजात शिशु मृत्यु भनिन्छ । नवजात शिशुको मृत्युदर सुदूरपश्चिम र कर्णाली प्रदेश सबैभन्दा उच्च २५ जना (प्रतिएक हजार जीवित जन्ममा) छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…