घटनाको सत्य तथ्य सार्वजनिक गर्नु पर्ने बेपत्ता पारिएका व्यक्तिका परिवारको माग
उमाकुण्ड गाउँपालिका-५, प्रीतिमा ०५९ माघ १२ गते साँझ गाउँमा इन्द्रबहादुर कटुवालको घरमा क्रियापुत्री रुँग्न जानु भएका उपेन्द्रप्रसाद गुरागाईँ बेपत्ता पारिनु भएको २१ वर्ष बित्यो । उहाँको अहिलेसम्म न सास पत्ता लागेको छ, न लास नै । घटनाको सत्य तथ्य सार्वजनिक गर्नु पर्ने उपेन्द्रप्रसाद गुरागाईँकी पत्नी इन्द्रकुमारी गुरागाईँको माग छ ।
पुरोहित काम गर्ने गुरागाईँलाई माघ २३ गते बिहान क्रियापुत्री बसेकै घरबाट तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरेर लगेका थिए । गुरागाईँ बेपत्ता पारिँदा कुनै राजनीतिक दलमा आबद्ध पनि हुनुहुन्नथ्यो । उहाँको जेठो छोरो रामचन्द्र गुरागाईँ भने नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई जागिर छुटाउन माओवादीले बारम्बार दबाब दिँदै आएका थिए ।
माओवादीले गुरागाईँलाई अपहरण गरेको कुरा समेत गुरागाईँ परिवारले तत्काल जानकारी पाउन सकेनन् । माओवादीले क्रियापुत्री बसेकै घरबाट लगेका गुरागाईँ सोही घरबाट लगेको भनेर डरको कारण स्थानीयले बताउन समेत सकेनन् । ‘पछि बुझ्दै जाँदा बुबालाई क्रियापुत्री बसेकै घरबाट लगेका रहेछन्’, गुरागाईँका छोरा पूर्णप्रसाद गुरागाईँले भन्नुभयो । युद्ध विराम भएपछि अपहरणमा परेका गुरागाईँको अपहरणको केही दिनपछि ओखलढुङ्गा जिल्लाको टार केराबारीमा हत्या भएको माओवादी पक्षबाट गाइँगुइँ हल्ला चलाइयो । तर त्यसको न माओवादीले पुष्टि गर्न सक्यो, न परिवारलाई नै औपचारिक जानकारी दियो । न त अहिलेसम्म राज्यले नै त्यसको पुष्टि गरेको छ ।
परिवारलाई अब गुरागाईँ फर्किएर आउनुहोला भन्ने आस मरिसक्यो । तर राज्य र तत्कालीन विद्रोहीले औपचारिक घोषणा नगर्दा उहाँहरू मानसिक तनावमा हुनुहुन्छ । ‘अब उहाँ फर्किएर आउनुहोला भन्ने आस त छैन, तर अवस्था के हो भनेर कसैले निर्क्योल दिएको छैन’, उपेन्द्रकी पत्नी इन्द्रकुमारी गुरागाईँले भन्नुभयो ।
उपेन्द्रप्रसाद गुरागाईँ २०१९ सालमा जन्मनुभएको थियो भने उहाँ ४० वर्षको उमेरमा बेपत्ता पारिनुभएको थियो । यो २० वर्ष उहाँको परिवारले ठूलो तनाव बेहोर्नु परेको छ । तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएर सरकामा गएकै १७ वर्ष भयो तर उपेन्द्रको अवस्था अहिलेसम्म सार्वजनिक भएको छैन । ‘जीवित भए कहाँ हुनुहुन्छ बताइदिनु पर्यो, मारिएको हो भने पनि मारिएको भनिदिनु पर्यो, हामीले हाम्रा स्थिति अनुसार काजक्रिया गर्ने थियौँ’, छोरा पूर्णप्रसादले भन्नुभयो ।
राज्यले छानबिन गरेर जे हो त्यो सत्य तथ्य सार्वजनिक गर्नु पर्ने गुरागाईँ परिवारको माग छ । राज्यले बेपत्ता पारिएका नागरिक छानबिनको मामलामा गम्भीर नभएको भन्दै उहाँहरूले गुनासो गर्नुभयो । ‘राज्यले चाह्यो भने सबै कुरा छानबिन गर्न सक्छ, राज्यले नै वास्ता नगरेपछि के लाग्ने रहेछ र’, पूर्णप्रसादले भन्नुभयो ।
नवराज घिमिरे
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…