घटनाको सत्यतथ्य पत्ता लगाउन पीडित परिवारको माग
ओखरकोट गाविस–५ आहालखोलाकी ५६ वर्षीया नमादेवी पोखरेलको घर नजिकै बारीमा विष्फोटक पदार्थमा परी मृत्यु भएको घटना सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन पीडित परिवारले माग गरेको छ ।
पीडत परिवारले भदौ ३१ गतेसम्म पनि घटनाको सत्यतथ्य सार्वजनिक नहुँदा आफूहरू झन् पीडामा परेको बताउँदै अपराधी पत्ता लगाई कानुन अनुसार कारबाही गर्न सरकारसमक्ष माग गरेको हो ।
पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित न्याय दिलाउनसमेत माग गरिएको छ । पीडित महिलाको ०७१ चैत ५ गते दिउँसो बम विस्फोटनबाट मृत्यु भएको थियो ।
सो बम कसले किन राखेको हो ? दोषी को हो ? भन्ने विषयमा हालसम्म पत्ता लाग्न नसकेको र सो घटनाबाट आफूहरूले न्याय पाउन नसकेको कारण राज्यलाई दबाब दिइरहेको मृतकका माइला छोरा प्रमोद पोखरेलले बताए ।
हालसम्म पनि घटनाको दोषी पत्ता लगाउन नसक्नु राज्यको कमजोरी भएको भन्दै आफूहरूले पत्रकार सम्मेलन गरी सहयोग गर्न अधिकारकर्मी र सञ्चारकर्मी सबैलाई आग्रह गरेको बताए ।
सो घटनाका बारेमा छानबिनका लागि सरकारले गृहमन्त्रालयका उपसचिव केशवराज आचार्यको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरी घटनाको प्रतिवेदन गृह मन्त्रालयमा बुझाएपनि मन्त्रालयले भदौ ३१ गतेसम्म उक्त घटनाको प्रतिवेदन सार्वजनिक गरेको छैन ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…