ग्रामीण स्वास्थ्य संस्थामा 'म्याद' गुज्रिएका औषधि
जिल्ला स्वास्थ्य कार्यालय तनहुँले ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरूमा 'म्याद' गुज्रिएका पठाएको फेला पारिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँको आयोजना, मानव अधिकार निगरानी समूह मनपाङको संयोजन तथा नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको सहजीकरणमा माघ २७ गते मनपाङ स्वास्थ्य चौकीमा आयोजित सार्वजनिक सुनुवाइको क्रममा सो स्वास्थ्य चौकीले 'म्याद' सकिएका औषधि वितरण गरेको भेटिएको हो । ति औषधिहरू केही दिन अघि मात्र जिल्ला स्वास्थ्य कार्यालयले मनपाङ स्वास्थ्य चौकीलाई उपलब्ध गराएको स्वास्थ्य चौकीले जनाएको छ ।
मनपाङ स्वास्थ्य चौकीका प्रमुख जीवन गुरुङले जिल्ला स्वास्थ्य कार्यालयले केही दिन अघि मात्र आफूहरुलाई उपलब्ध गराएको औषधिको 'म्याद' छ होला भन्ने भएको कारण आफूहरूले वितरण गरेको बताए । उक्त स्वास्थ्य चौकीले गत असोजमै 'म्याद' सकिएको औषधिसमेत वितरण गर्दै आएको थियो । त्यस्तै केही दिन अघि मात्र उपलब्ध गराइएको केही औषधिहरूको 'म्याद' माघ मसान्तसम्म मात्र रहेको छ ।
केही दिन अघिसम्म जिल्लाका सबैजसो स्वास्थ्य चौकीमा औषधिको अभाव भएपछि काठमाडौँबाट खरिद गरेर ल्याएको औषधिमा 'म्याद' सकिएको समेत परेको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. पवनजङ्ग रायमाझीले बताए ।
जिल्लामा औषधिको अभाव भएपछि केही दिनलाई भएपनि काम चलाउँ भनेर ल्याउँदा 'म्याद' सकिने बेला भएको औषधि पनि परेको हुन सक्ने उनको भनाइ थियो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१० घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ । आरोपितले…
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…