ग्यारेजमा आगलागी, दमकल नगएपछि नगरपालिका कार्यालयमा तोडफोड
चन्दननाथ नगरपालिका – ६ बसपार्कस्थित असार १२ गते राती ९ बजेतिर पद्मा आचार्य अधिकारीको ग्यारेजमा आगलागी भयो । आगलागीपछि आगो नियन्त्रण गर्नका लागि स्थानीयदेखि सबै प्रहरी प्रशासन र चन्दननाथ नगरपालिकाको दमकललाई खबर भयो ।
आगलागी पीडित अधिकारीले भन्नु भयो ‘आगो नियन्त्रण गर्न नगरपालिकाको दमकल नै आएन । स्थानीय र प्रहरी प्रशासनको सहयोगमा आगो नियन्त्रण भयो । तर ग्यारेजका सबै सामान जलेर नष्ट भयो । ’
जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदिलाल कामतिका अनुसार स्थानीय र प्रहरीको सहयोग आगो नियन्त्रण भएको हो । आगो नियन्त्रण गर्न दमकल नपुगेपछि छिनागाउँ र महतगाउँका व्यक्ति आक्रोसित भएर नगरपालिका तोडफोड गरेको बुझिएको छ ।
उहाँले भन्नुभयोे ‘नगरपालिका कार्यालयका झ्यालका सिसा, दमकल र डोजरका सिसासमेत तोडफोड भएका छन् । ग्यारेजमा भएका सवारी साधनका डकुमेन्ट सङ्कलन गरिहेका छौँ । दुबै तर्फको क्षतिको एकिन भएको छैन । ’
नगरपालिका तोडफोडमा संलग्न दुई जनालाई गिरफ्तार गरिएको छ । गिरफ्तार पर्नेमा चन्दननाथ नगरपालिका – ६ का ३३ वर्षीय मानव महत र वडा नम्बर ७ का ३२ वर्षीय कटक बहादुर रोकाया रहेका छन् । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
८२ लाख रूपियाँ मूल्य बराबरको दमकल, ३८ लाख ९९ हजार रूपियाँ बराबरको मूल्यको स्काभेटरसमेत तोडफोड गरिएको छ । नगरप्रमुख राजुसिंह कठायतले नगरपालिकामा अनावश्यक तोडफोड हुनु निन्दनीय भएको बताउनु भयो । यस्तै नगर उपप्रमुख रामदेवी खड्काको घरमा समेत क्षति पुर्याइएको छ ।
उपप्रमुख खड्काले आफ्नो घरमा समेत ढुङ्गामुढा गरिएको बताउनु भयो । उहाँका अनुसार अराजक रूपमा तोडफोड गरिनु दुःखद पक्ष हो । नगरपालिका तोडफोडमा संलग्नलाई कारबाही हुनुपर्ने उहाँले बताउनु भयो । नगरपालिकाले रातिको समयमा ट्याक्टर चढेर आइ कार्यालय हाताभित्र प्रवेश गरि अपरिचित व्यक्तिहरूले हुल हुज्जत गरि कार्यालय भवनका झ्यालका सिसाहरू साथै दमकल र डोजरमा समेत तोडफोड गरि सरकारी सम्पत्ति हानी नोक्सानी गर्ने विरूद्व कडा कारबाही गर्न माग गरेको छ ।
उपप्रमुख खड्काले भन्नुभयो ‘दुई सातादेखि दमकल बिग्रेको छ । मर्मतका लागि दमकलका पाटपुर्जा बाहिर जिल्ला पठाएको छ । यसअघि पनि आगलागी भएको सबै ठाउँमा पठाउने गरेका थियो । यतिबेला बिग्रेको हुनाले पठाउन सकिएन । दमकल आएन भनेर यसरी तोडफोड गर्नु उचित होइन ।’
छिटोछरितो दमकल पठाउन पनि सडक साँघुरा छन् । सहजै दमकल जाने सडक छैन । दमकल ढिलो आए भनेर पनि गालीगलोज, ढुङ्गामुढा गर्ने गरिएको छ । अहिले भएको दमकल ठुलो भएकोले साँघुरो सडकमा छिटोछरितो जान नसेकोले अलि सानो खालको दमकलको व्यवस्थापन गर्ने तयारी गरिएको उपप्रमुख खड्काले बताउनु भयो ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…