गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै धर्ना
गौर नगरपालिकामा स्थित राइस मिल्सको चौरमा भएको घटनाको दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवारले साउन १८ गते पनि धर्ना जारी राखेका छन् । गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिको आयोजनामा साउन १३ गतेदेखि चन्द्रनिगाहपुरमा अनिश्चितकालिन धर्ना दिएका हुन् । गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिका संयोजक रुपसागर देवीले गौर हत्या घटनाको छानविन गर्न, दोषीलाई कानुनको दायरामा ल्याउन, मृतकहरुलाई सहिद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपुर्ति दिन माग गर्दै अनिश्चितकालिन धर्ना दिएको बताउनु भयो ।
साउन १५ गते घोषणा गरिएको अनिश्चितकालिन रौतहट बन्द घोषणाको कार्यक्रम स्थगित गरी अनिश्चितकालिन धर्ना कार्यक्रम भने जारी राखिएको सङ्घर्ष समितिका संयोजक रुपसागर देवीले जानकारी दिनु भयो । उहाँले भन्नु भयो–“मेरो पति नरमदेश्वर उपाध्यायलाई फोरमका कार्यकर्ताले गौरमा हत्या गरे, गौर हत्या घटनाका पीडितहरूले न्याय पाउनु पर्छ ।” तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चाले गौरको मिल्स एरिया चौरमा गरेको आमसभाका क्रममा २०६३ चैत ७ गते भएको झडप घटनाको इन्सेकले स्थलगत अध्ययन गरेको थियो ।
आमसभा स्थलमा सबैभन्दा पहिले फोरमका समर्थकहरूले माओवादीहरू जुलुसमा रहेको समयमा माओवादीको मञ्च तोडफोड गरेको र त्यसको करिव ७ मिनेटपछि माओवादीका कार्यकर्ताहरू राइस मिल्सको चौरको उत्तरपट्टीबाट दौड्दै एक्कासी फोरमको मञ्चतर्फ तोडफोड गरेको इन्सेक प्रतिवेदनमा उल्लेख छ । घटनालाई माओवादीले दोहोरो झडप होइन भने पनि राइस मिल्स परिसरमा केहि बेर दोहोरो झडप भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । दुवै पक्षले एकै साथमा कार्यक्रम गर्ने पूर्व जानकारी हुँदाहुँदै पनि स्थानीय प्रशासनले समयमै उचित सतर्कता नअपनाउनुका साथै समयमै आवश्यक कदम नचालेका कारण ठूलो सङ्ख्यामा मानवीय क्षति भएको प्रतिवेदनमा भनिएको छ ।
उक्त घटनामा २५ जनाको मृत्यु भएको तथा दुई जनाको सनाखत हुन नसकेको र ५२ जना घाइते भएको इन्सेकले गरेको स्थलगत अध्ययन प्रतिवेदनमा उल्लेख छ । घटनाका दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्न, घटनाका क्रममा घाइते भएकालाई तत्काल उपचार तथा मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र घटनाको प्रकृति हेर्दा सामान्य अनुसन्धानबाट मात्र सबै सत्यतथ्य बाहिर आउन नसक्ने देखिएकाले अधिकार प्राप्त उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न इन्सेकले प्रतिवेदनमार्फत सरकारलाई सुझाव दिएको थियो ।
रौतहटको गौरमा मधेशी जनअधिकार फोरम र माओवादीद्वारा आयोजित आमसभाका क्रममा भएको घटनाको स्थलगत अध्ययन प्रतिवेदन
धरमदेव कुमार पासवान
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…