गौमुल गाउँपालिकाद्वारा महिलामैत्री स्थान सञ्चालन
भूकम्प प्रभावित तथा हिंसाबाट पीडित महिलाहरुलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले गौमुल गाउँपालिकाद्वारा महिलामैत्री स्थल सञ्चालनमा ल्याएइएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा लैङ्गिक हिंसा न्युनिकरण तथा सहजीकरण गर्ने उद्धेश्यका साथ महिलामैत्री स्थल स्थापना गरिएको गौमुल गाउँपालिकाका उपाध्यक्ष सिता थापाले बताउनु भएको छ ।
मनोविमर्श सेवा, लैंङ्गिक हिंसा, बेचबिखन, यौन तथा प्रजनन् स्वास्थ्य समस्याका बारेमा सूचना तथा जानकारी दिनुका साथै हिंसा प्रभावित महिलाहरुलाई अल्पकालिन आश्रयस्थल सहितको सेवा उपलव्ध गरीने गौमुल गाउँपालिकाका उपाध्यक्ष थापाको भनाइ छ ।
पालिकामा भुकम्प प्रभावित तथा लैङ्गिक हिंसाका प्रभापितहरुको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा दिनका लागि केन्द्रको स्थापना गरिएको महिला मैत्री स्थल केन्द्रकी इन्चार्ज गौरी भण्डारीले बताउनु भयो ।
भूकम्प तथा अन्य प्राकृतिक बिपतको अवस्थामा महिलामा हुने तनावलाई कम गर्र्न सुरक्षित र आराम गर्न महिलाहरुका लागि छुट्टै स्थालको अवश्यकता पर्ने भएकोले गाउँपालिकाको पहलमा साझेदार संस्थाहरुसँगको समन्वयमा महिलामैत्री स्थल निर्माण गरी सञ्चालनमा ल्याइएको र यसले सुत्केरी, गर्भवती, किशोरी र हिंसा पीडित महिलाहरुलाई सहयोग पुग्ने भण्डारीको भनाइ छ ।
गाउँपालिकामा रहेका ६ ओटै वडाका प्रत्येक टोलमा मनोविमर्शकर्ता पुगेर सचेतनाका कार्यक्रम गरिने महिला मैत्री स्थलकी प्रमुख भण्डारीले बताउनु भयो ।
महिलामैत्री स्थलले गाउँपालिकामा भूकम्प प्रभावित तथा लैङ्गिक हिंसाबाट पीडित भएका व्यक्तिहरुलाई सहयोग हुने गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताउनु भयो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ मा जिल्लामा एक वर्षको अवधिमा घरेलु हिंसाबाट मात्रै ४३ जना महिला पीडित भएका छन भने बलात्कार, बलात्कारको प्रयास र यौन दुव्र्यवहारबाट १४ जना पीडित भएको तथ्याङ्क रहेको छ ।
पदमबहादुर सिंह
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…