गोली लागेर घाइते भएकी महिला सैनिकको उपचारको क्रममा मृत्यु

  ०७९ वैशाख ८ गते

गोली लागेर घाइते भएकी बुद्धभूमि नगरपालिका– २ गोरुसिंगेस्थित समशेर दल गणमा कार्यरत महिला सैनिक झापा जिल्ला झापा जिल्ला गौरादह नगरपालिका– १ की २४ वर्षीया कोपिला राजवंशीको उपचारका क्रममा वैशाख ८ गते मृत्यु भएको छ ।

राजवंशी गणको भित्रि पोष्टमा डिउटीमा कार्यरत रहेको अवस्थामा आफैले बोकेको एम १६ राइफलले आफूमाथि गोली चलाउदा  घाइते भएको प्रहरीले जनाएको छ ।

उनको पेट  र छातीमा गोली लागेको जिल्ला प्रहरी कार्यालयका डिीएसपी जेशी शाहले जानकारी दिनु भयो ।

घटना पश्चात राजवंशीलाई सेनाको टोलीले उपचारको लागि बुटवल लगेको थियो  ।  बुटवलबाट थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा लगिएको अवस्थामा  मृत्यु भएको डीएसपी शाहले बताउनु भयो ।

प्रहरीका अनुसार उपचारका लागि रातीनै काठमाडौ लाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो ।

के कति कारण उनले आफैमाथि गोली चलाइन् भन्ने विषयमा  अनुसन्धान भइरहेको डीएसपी शाहले बताउनु भयो  ।

शवको पोष्टमार्टम वैशाख ८ गते युनिभर्सल मेडिकल कलेज, भैरहवा गरेर शव आफन्तलाई बुझाइएको प्रहरीले जनायो ।

 


पार्वती आचार्य