गोली प्रहार घटनाका चार जना आरोपित गिरफ्तार
सगुन बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र बागमतीको कार्यालय प्रमुख लालबन्दी नगरपालिका–२ स्थित जुटपानी का ३६ वर्षीय साजन कार्कीलाई कात्तिक २ गते गोली प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले भारत शिवहर जिल्ला ग्राम छपराका १९ वर्षीय आलोक सिंह, बैशाली जिल्ला सुल्तानपुर ग्राम १९ वर्षीय शौरभ कुमार यादव, रोतिहारी जिल्ला ग्रामहजारका १९ वर्षीय गुल्सन कुमार सिंह र सर्लाही जिल्ला धनकौल गाउँपालिका–१ का ३२ वर्षीय डिजे भनिने धिरेन्द्र सहनीलाई गिरफ्तार गरेको छ ।
गिरफ्तार उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिजय यादवले बताउनु भयो ।
अपरिचित व्यक्तिहरुले कार्यालिय भित्र प्रवेश गरेर रकम दिन भन्दै धम्क्याए पछि प्रतिकार गर्ने बितिकै अपरिचित व्यक्तिहरुको समुहले आफूमाथि चार गोली प्रहार गरेको सगुन बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र बागमतीको कार्यालय प्रमुख साजन कार्कीले बताउनु भयो ।
तिघ्रा, कुम, ढाँड र कोखामा गोली लागेर घाइते भएका कार्कीको हरिवन स्थित सरस्वती अस्पतालमा प्राथमिक उपचार गरी सो पश्चात् थप उपचारका लागि काठमाडौँको मेडिसिटीमा उपचार भैरहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष बाबुराम घिमिरेले जानकारी दिनु भयो ।
घाइते कार्कीलाई चार ओटा गोली लागेतापनि शरिरको संवेदनशिल भागमा नपरेकाले धेरै खतरा नदेखिएको हरिवन स्थित सरस्वती अस्पतालका संचालक डा. राजिब साहले जानकारी दिनु भयो ।
प्रहरीका अनुसार गोली प्रहार गरेपछि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चढेर आएका समूह दक्षिण तर्फ भागेको थियो ।
बुधन साह
सम्बन्धित समाचारहरू
निर्माणाधिन भवन सञ्चालनमा नल्याउदा विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य
०७७ कात्तिक ४ गते आएको बाढीले बगाएको विद्यालय भवन पुनर्निर्माण भइसक्दा समेत सञ्चालनमा नल्याउँदा पञ्चेश्वर गाउँपालिका–१ को गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरु खोलाको किनारमा खुला आकाशमूनि पढ्न बाध्य भएका छन् ।…
कारागारबाट फरार बन्दी गिरफ्तार
मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ ।…
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…