गोली प्रहार घटनाका आरोपित गिरफ्तार
नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य कपिलवस्तु नपा–१ का ३४ वर्षीय दिपक पाण्डेय र भारतीय नागरिक २६ वर्षीय इयाज अख्तर मुसलमानमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नपा– १ आनन्दवागका ३९ वर्षीय ओमप्रकाश यादव र सोही नपा–२ का ३३ वर्षीय साकिर अलिलाई जेठ ७ गते तौलिहवाबाट गिरफ्तार गरेको छ ।
पाण्डे र इयाजलाई आरोपितहरूले जेठ ५ गते राति जर्लैया नाकाबाट मोटरसाइकलमा तौलिहवा फर्कने क्रममा कपिलवस्तु नपा–९ सडवामा गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएका उनीहरूको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते पाण्डेकाे अवस्था गम्भीर रहेको चिकित्सकहरू जनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताउनु भयो ।
आरोपितहरूबाट लु १६ प ३४९७ नम्बरको पल्सर मोटरसाइकल, दुई थान मोवाइल फोन र गोली बरामद गरिएको प्रहरीले जनायो । आरोपित यादवले व्यक्तिगत रिसिइँबिका कारण गोली प्रहार गरेको बयान दिएको डिएसपी भण्डारीले बताउनु भयो ।
पार्वती आचार्य
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…