गोली प्रहारबाट एमाले कार्यकर्ता पौडेलको हत्या
अज्ञात समूहको गोली लागेर देवदह नपा-२ ढेकारका व्यवसायी तथा नेकपा एमाले निकट युवासङ्घ नेपालका पूर्व क्षेत्रीय कोषाध्यक्ष ४१ वर्षीय बलु भन्ने बसन्त पौडेलको मृत्यु भएको छ ।
पौडेलको टाउको र छातीमा गोली लागेको प्रहरीले जनाएको छ । बिहान आगो तापेर आफ्नै काठमिल उज्जल स-मिलमा बसेका पौडेललाई मोटरसाइकलमा आएका दुई जनाले पौने ११ बजे गोली हानेर रोहिणी खोलातिर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
गोली लागेर भुइँमा ढलेका पौडेललाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पुर्याइएको भएपनि उनको मृत्यु अस्पताल पुग्नु अघि नै भएको अस्पतालले जनाएको छ ।
दुर्गा तिवारी हत्या काण्डका आरोपित मनोज पुनले टेलिफोनमार्फत स्थानीय सञ्चारकर्मीसमक्ष उनको हत्या गरेको जानकारी दिएका छन् ।
मृतक पौडेललाई दुर्गा तिवारीको हत्या लगत्तै 'अब मर्ने तेरो पालो' भनेर टेलिफोनमार्फत धम्की दिएका थिए । आफ्नै आँखा अगाडि पतिलाई गोली हानी हत्या गरेको देखेकी मृतककी पत्नी ३५ वर्षीया सावित्री पौडेल बेलाबेलामा अचेत हुने र मुर्छा पर्ने गरेकी छिन् ।
आफ्ना कार्यकर्तालाई एकपछि अर्को गर्दै हत्या गरेको विरोधमा बुटवलमा युवा सङ्घ नेपाल रूपन्देहीले अनिश्चितकालीन रूपन्देही बन्दको आह्वान गरेको जनाएको छ ।
युवा सङ्घ नेपाल रूपन्देहीका अध्यक्ष नकुल शाही ठकुरीले घटना निन्दनीय भएकाले हत्यारालाई गिरफ्तार गरी कारबाहीको माग गर्दै अनिश्चितकालीन बन्दको आह्वान गरेको बताए ।
मृतकको शवलाई अहिले लुम्बिनी अञ्चल अस्पतालको शव गृहमा राखिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पवनकुमार भट्टराईले हत्यामा संलग्नहरूको खोजी कार्य भइरहेको जानकारी दिए ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…