गोरखा–२ का उम्मेदवार मियाँको प्रचार टोलीमाथि आक्रमण

  ०७९ कात्तिक २८ गते

प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ का नेकपा एमाले उम्मेदवार अब्दुस मियाँको प्रचार टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले कात्तिक २८ गते दुई जनालाई गिरफ्तार गरेको छ ।

तनँहु घर भएका अजित पन्त र राम सापकोटालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताउनु भयो ।

कात्तिक २७ गते राति पालुङटार नगरपालिका–६ स्थित एक होटलमा बसिरहेको प्रचार टोलीमाथि आक्रमण भएको उम्मेदवार मियाँले बताउनु भयो ।

‘हामीसँग परिचय पनि छैन । चिनेका पनि छैनौँ । एक्कासी आएर आक्रमण भयो ।’–उहाँले भन्नु भयो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


हरिराम उप्रेती