गृहकार्य नगरेको आरोपमा छात्रालाई कुटपिट
नेपालगञ्ज उपमनपास्थित गोल्डेन एबिसी विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षीया छात्रा हिमानी लक्ष्मी पुनलाई गृहकार्य नगरेको आरोपमा २८ वर्षीय शिक्षक प्रिन्स गुप्ताले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित पक्षले मङ्सिर १ गते जिल्ला शिक्षा कार्यालयमा उजुरीसमेत दिएको छ ।
गृहकार्य नगरेको आरोपमा पुन लगायत ७ जना विद्यार्थीलाई कात्तिक ३० गते पाइपले हातमा कुटपिट गरेको पीडितले बताइन् ।
आरोपित शिक्षक गुप्ताले आफूले दुई पटक लाठीले समान्य कुटेको बताए । विद्यालयका संस्थापक प्रिन्सपल विकास सिंहले शिक्षक भर्ना प्रक्रियामा विद्यालयमा यातना दिने कार्यलाई निरूत्साहित गर्न निर्देशन गरेको जानकारी दिँदै गल्ती भएको भए सच्याउने बताए ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…
थाइरोड जाँच गर्ने उपकरण बिग्रदा सेवाग्राहीहरू मर्कामा
सिरहा जिल्लाको एक मात्र सरकारी अस्पताल लहानमा अवस्थित रामकुमार सारदा उमा प्रसाद मुरारका अस्पतालमा एक हफ्ता देखि थाइरोड जाँच गर्ने उपकरण बिग्रिएको हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पतालमा दैनिक…
अपरिचित व्यक्तिहरूको समूहबाट पत्रकारमाथि कुटपिट
पत्रकार कमलबहादुर बोहरामाथि चार-पाँच जना अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरेको पीडित पत्रकारले आरोप लगाउनु भएको छ । बोहरा पालिका समय डटकमको अध्यक्ष तथा कार्यकारी सम्पादकसमेत हुनुहुन्छ । माघ २१ गते…
महिला विरुद्धको सबै प्रकारका विभेद अन्त्य गर्ने अन्तर्राष्ट्रिय महासन्धी (सिड) सम्बन्धी नेपालको सुनुवाइ प्रारम्भ
महिला विरुद्धको सबै प्रकारका हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय महासन्धी (सिड) सम्बन्धी संयुक्त राष्टसङ्घीय समितिको ९० औँ सेसनमा महिलाविरुद्धको सबै प्रकारका हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय महासन्धी (सिड) सम्बन्धी नेपालको सातौँ आवधिक…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धुर्कोट गाउँपालिका–२ का २१ वर्षीय विवस जिसीलाई प्रहरीले ०८१ माघ २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ असार महिनामा बलात्कार गरेको भन्दै…